नेपाल र श्रीलङ्काको खेलमा वर्षा बाधकबुधबार, जेठ ३०, २०८१

फिफा विश्वकप छनोट: अन्तिममा सम्हालिन नसक्दा नेपालले यमनसँग अंक बाँड्यो बुधबार, जेठ ३०, २०८१ अन्तिम मिनेटमा अग्रता जोगाउन नसक्दा फिफा विश्वकप २०२६ एसियाली छनोटको दोस्रो चरणको अन्तिम खेलमा मंगलबार नेपालले यमनसँग अंक बाँडेको छ।

भारत–पाकिस्तानको खेल हेर्न गएका मुम्बई क्रिकेटका अध्यक्षको हृदयघातबाट मृत्यु मंगलबार, जेठ २९, २०८१ मुम्बई क्रिकेट संघ एमसीएका अध्यक्ष अमोल कालेको अमेरिकामा मृत्यु भएको छ। टी२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानको खेल हेर्न अमेरिका पुगेका ४७ वर्षीय कालेको हृदयघातका कारण निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन्।

टेष्ट राष्ट्र आयरल्याण्डलाई पराजित गरेको क्यानडामाथि जित निकाल्न पाकिस्तानलाई कति सहज? मंगलबार, जेठ २९, २०८१ आईसीसी टी२० विश्वकप क्रिकेटमा आज पाकिस्तान र क्यानडा भिड्दैछन्। समूह ए को खेल नेपाली समय अनुसार बेलुकी सवा ८ बजे न्युयोर्कस्थित नासउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुनेछ।अहिलेसम्म खेलेका दुई खेलमा लगातार पराजय भोगेको अघिल्लो विश्वकपको उपविजेता पाकिस्तानलाई अघिल्लो चरण प्रवेशको सम्भावना जीवित राख्न आजको खेल जित्नै पर्ने दबाब छ।...

आईसीसी टी–२० विश्वकपः नेपालले दोस्रो खेल श्रीलङ्कासँग खेल्ने मंगलबार, जेठ २९, २०८१ आईसिसी टि–२० विश्वकप क्रिकेट अन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले भोलि टेस्ट मान्यता प्राप्त राष्ट्र श्रीलङ्कासँग खेल्दैछ।

क्यान अध्यक्ष चन्दको खुलासा– सन्दीपलाई गोप्यरूपमा एक साता अगाडि नै क्यानडा पठाएका थियौं मंगलबार, जेठ २९, २०८१ नेपाल ट्युब अस्ट्रेलियासँगको कुराकानीमा उनले सन्दीपलाई अवरोध हुनसक्ने अनुमान गरेर गोप्यरूपमा क्यानडा पठाएको बताएका हुन्। अध्यक्ष चन्दले सन्दीपले क्यानडामा एक हप्ता अभ्यास समेत गरेको दाबी गरेका छन्। सन्दीपलाई हाल क्यानडाका प्रशिक्षक रहेका पुबुदु दासानायकेले सहयोग गरेको बताएका छन्।

टी२० विश्वकपमा आज क्यानडा र पाकिस्तान भिड्दै मंगलबार, जेठ २९, २०८१ आईसीसी टी२० विश्वकप अन्तर्गत आज एक खेल हुँदैछ। आज समुह ए अन्तर्गतको क्यानडा र पाकिस्तानबीच खेल हुँदैछ।

फिफा विश्वकप छनोटः यमनविरुद्ध मैदान उत्रँदै नेपाल, सुखद अन्त्य गर्ला? मंगलबार, जेठ २९, २०८१ नेपाली राष्ट्रिय फुटबल टोली यमनविरुद्ध सुखद नतिजा निकाल्दै फिफा विश्वकप २०२६ दोस्रो चरण छनोटको अन्त्य गर्ने आशामा छ।छनोटको अन्तिम खेलमा मंगलबार राति नेपाल र यमन भिड्दैछन्। यो खेलसँगै नेपालको विश्वकप २०२६ छनोट यात्रा सकिनेछ।

टी–२० विश्वकप क्रिकेट: बंगलादेशलाई हराउँदै दक्षिण अफ्रिकाको लगातार तेस्रो जित मंगलबार, जेठ २९, २०८१ आईसीसी टी–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बंगलादेशलाई ४ रनले पराजित गरेको छ।अमेरिकाको न्यूयोर्कस्थित नासाउ काउन्टी मैदानमा सोमबार राति भएको खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई हराउँदै लगातार तेस्रो जित निकाल्यो।

पारसको आरोप– क्यान र समग्र क्रिकेटलाई बदनाम गराउन क्यानकै सदस्यहरु लागेका छन् सोमबार, जेठ २८, २०८१ नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले पदाधिकारीसहित समग्र क्रिकेट जगतलाई नै बदनाम गराउन क्यानकै केही सदस्यहरु लागि परेको आरोप लगाएका छन्। सोमबार सामाजिक सञ्जालमा लेख्दै पारसले कयौँ चुनौती र कठिनाइलाई चिर्दै क्यानले क्रिकेटको दिगो विकासमा लाग्दै गर्दा संघ भित्रकै सदस्यहरु आफ्नो व्यक्तिगत लाभ र प्रायोजन हत्याउन लागेको आरोप...

इक्वेडरसँगको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना विजयी सोमबार, जेठ २८, २०८१ सोमबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले इक्वेडरलाई १–० गोल अन्तरले पराजित गरेको हो। अर्जेन्टिनाको जितमा खेलको ४०औं मिनेटमा एन्जल डी मारियाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।

वेस्ट इन्डिज पुगे क्रिकेटर सन्दीप, प्रोपोगन्डाको पछि नलाग्न गरे आग्रह सोमबार, जेठ २८, २०८१ क्रिकेटर सन्दीप लामिछाने टी२० विश्वकपमा सहभागी हुन वेस्ट इन्डिज पुगेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफू वेस्ट इन्डिज पुगेको जानकारी दिएका हुन्।

टी२० विश्वकपमा आज बंगलादेश र दक्षिण अफ्रिकाबीच खेल हुँदै सोमबार, जेठ २८, २०८१ जारी आईसीसी टी२० विश्वकप अन्तर्गत आज एक खेल हुँदै छ। आज समूह डी अन्तर्गत बंगलादेश र दक्षिण अफ्रिकाबीच खेल हुन लागेको हो।