News Griha :: न्यूजगृह
टी२० विश्वकपमा आज बंगलादेश र दक्षिण अफ्रिकाबीच खेल हुँदै

काठमाडौं— जारी आईसीसी टी२० विश्वकप अन्तर्गत आज एक खेल हुँदै छ। आज समूह डी अन्तर्गत बंगलादेश र दक्षिण अफ्रिकाबीच खेल हुन लागेको हो।

न्युयोर्कस्थित नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ८:१५ बजेदेखि सुरु हुने छ।

जारी विश्वकपमा दक्षिण अफ्रिकाले २ खेलमा जित हासिल गरेर ४ अंकसहित शीर्ष स्थानमा रहेको छ। दक्षिण अफ्रिकाले पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्सलाई पराजित गरेको थियो।

त्यस्तै बंगलादेशले आफ्नो पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो।

यी दुवै देशबीच अहिलेसम्म कुल ८ टी२० खेल भएका छन् र सबै खेल दक्षिण अफ्रिकाले जितेको छ। बंगलादेशले अहिलेसम्म टी२० खेलमा दक्षिण अफ्रिकालाई पराजित गर्न सकेको छैन।

प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  ०८:१५
Weather Update