News Griha :: न्यूजगृह
टी२० विश्वकपमा आज क्यानडा र पाकिस्तान भिड्दै

काठमाडौं— आईसीसी टी२० विश्वकप अन्तर्गत आज एक खेल हुँदैछ। आज समुह ए अन्तर्गतको क्यानडा र पाकिस्तानबीच खेल हुँदैछ।

न्युयोर्कस्थित नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राती ८: १५ बजेदेखि सुरु हुँदैछ।

जारी विश्वकपमा क्यानडाले २ खेलमा एक खेल जितेको छ भने एक खेलमा हार बेहोरेको छ। क्यानडाले आयरल्याण्डलाई पराजित गरेको छ भने अमेरिकासँग हार बेहोरेको छ।

त्यस्तै पाकिस्तानले भने आफ्ना दुवै खेलमा हार बेहोरेको छ। पाकिस्तानले अमेरिका र भारतसँग हार बेहोरेको छ। पाकिस्तानले यस अघिका दुवै खेलमा हार बेहोरेको हुनाले यो खेल जित्नैपर्ने दबाबमा रहेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  ०९:०९
Weather Update