इक्वेडरसँगको मैत्रीपूर्ण खेलमा अर्जेन्टिना विजयी

काठमाडौं— अर्जेन्टिनाले मैत्रीपूर्ण खेलमा इक्वेडरलाई पराजित गरेको छ।
सोमबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले इक्वेडरलाई १–० गोल अन्तरले पराजित गरेको हो। अर्जेन्टिनाको जितमा खेलको ४०औं मिनेटमा एन्जल डी मारियाले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।
अब अर्जेन्टिनाले अर्को खेल जुन १५ मा ग्वाटेमालासँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१ ०९:३३