सन्दीप लामिछानेले विश्वकप खेल्नेसोमबार, जेठ २८, २०८१

टी–२० विश्वकपमा समूह चरणबाटै बाहिरिने पहिलो टोली बन्यो ओमन सोमबार, जेठ २८, २०८१ जितका लागि १५१ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले १३.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। स्कटल्याण्डका ब्रेन्डन म्याकमुलनले ३१ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ६१ रनमा नट आउट रहे।

भारतसँग पाकिस्तान ६ रनले पराजित, सुपर ८ मा पुग्न कठिन सोमबार, जेठ २८, २०८१ पहिलो खेलमा अमेरिकाविरुद्ध हार बेहोरेको पाकिस्तानलाई सुपर ८ मा पुग्न अन्य नतिजामा भर पर्नुपर्ने अवस्था आएको छ। भारतले सबै खेल जितेको खण्डमा अमेरिकाको आयरल्याण्डविरुद्धको हारले पाकिस्तानको अन्तिम आठमा पुग्ने सम्भावना जीवितै राख्ने छ।

भारतले टस हार्यो, पाकिस्तानले बलिङ गर्ने आइतबार, जेठ २७, २०८१ आइतबार न्युयोर्कमा हुने खेलका लागि भएको टस जितेर पाकिस्तानका कप्तान बाबर आजमले फिल्डिङ रोज्दै भारतलाई ब्याटिङको निम्तो दिएका हुन्। वर्षाका कारण ओसिलो मैदान भएपछि खेलको टस करिब १५ मिनेट ढिलो भएको हो।

‘क्यानमा अध्यक्ष भन्दा सचिव शक्तिशाली छन्, सन्दीपको विषयमा उनै जिम्मेवार हुन्’ आइतबार, जेठ २७, २०८१ संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा नबौं संस्करणको टी२० विश्वकप जारी छ। यता, नेपाल क्रिकेट संघ (क्यान) को कार्यशैलीलाई लिएर विभिन्न विवादहरू भइरहेका छन्। यही सेरोफेरोमा रहेर क्यानका उपाध्यक्ष रोशन सिंहसँग गरिएको कुराकानीः

टी–२० विश्वकप: क्यान अध्यक्ष डाक्टर बनेर पत्नीसहित अमेरिका गएको खुलासा आइतबार, जेठ २७, २०८१ नबौं संस्करणको टी–२० विश्वकप संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा जारी छ। यता, नेपाल क्रिकेट संघ (क्यान) को कार्यशैलीलाई लिएर विभिन्न विवादहरू भइरहेका छन्। उसो त क्यान र विवाद पर्यायजस्तै भइसकेका छन्। नेपाली राष्ट्रिय क्रिकेट टोली, टिम डाक्टर, टिम सेक्युरिटी म्यानेजरबिना अमेरिका उडेको खुलासा भएको छ।

टी–२० विश्वकपमा वेस्ट इन्डिजको लगातार दोस्रो जित, युगान्डा १ सय ३४ रनले पराजित आइतबार, जेठ २७, २०८१ आईसीसी टी–२० विश्वकप अन्तर्गत वेस्ट इन्डिजले युगान्डालाई १ सय ३४ रनको फराकिलो रन अन्तरले पराजित गरेको छ। १ सय ७४ रनको लक्ष्य पछ्याएको युगान्डा १२ औँ ओभरमा अलआउट भयो। खराब सुरुआत गरेको युगान्डा ३९ रनमै समेटिएको हो।

टी–२० विश्वकपः अष्ट्रेलियासँग साविक विजेता इङ्ल्यान्ड पराजित आइतबार, जेठ २७, २०८१ आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि दाबेदार अष्ट्रेलियाले साविक विजेता इङ्ल्यान्डलाई ३६ रनले पराजित गरेको छ। अष्ट्रेलिया लगातार दोस्रो जितका साथ समूह बी मा शीर्ष स्थानमा रहँदै सुपर–८ सम्भावना लगभग पक्कापक्की गरेको छ।

नेदरल्याण्ड्समाथि दक्षिण अफ्रिकाको कठिन जित आइतबार, जेठ २७, २०८१ १ सय ४ रनको सामान्य लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १८.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो। एक समय १२४ को अवस्थाबाट डेभिड मिलर र ट्रिस्टन स्टब्सले दक्षिण अफ्रिकाको इनिङलाई स्थिर बनाउँदै जिततर्फ डोर्याए। मिलरले ५१ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै नटआउट ५९ रन बनाए। स्टब्स ३७...

टी–२० विश्वकपमा आज भारत र पाकिस्तान खेल्दै, यस्तो छ ‘हेड टु हेड’ आइतबार, जेठ २७, २०८१ जारी टी–२० विश्वकप अन्तर्गत आज भारत र पाकिस्तान भिड्दैछन्। समुह ए अन्तर्गत भारत र पाकिस्तानबीच खेल हुन लागेको हो। न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति सवा ८ बजेदेखि सुरु हुने छ।

सन्दीपको विषयमा क्यानले झुट बोल्यो, सरकारले दूतावासलाई कूटनीतिक नोट नै पठाएन शनिबार, जेठ २६, २०८१ नेपाली क्रिकेटर सन्दीप लामिछाने आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जान पाएनन्। अदालतमा उनीविरुद्धको मुद्दा विचाराधीन रहँदा नेपाली टोलीसँगै प्रक्रिया सुरु नै गर्न पाएनन् भने अदालतबाट सफाइ पाएपछि विगतको भिसा रद्द हुँदा नयाँ प्रक्रिया अनुसार अमेरिकी दूतावासबाट २ पटक भिसा रिजेक्ट भयो।

बंगलादेशसँग श्रीलंका २ विकेटले पराजित शनिबार, जेठ २६, २०८१ जितका लागि पाएको १ सय २५ रनको लक्ष्य बंगलादेशले १९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो। बंगलादेशका लागि तौहिद हृदोयले सर्वाधिक ४० रनको योगदान दिए। लिट्टन दासले ३८ बलमा ३६ रनको योगदान दिए।

टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानको फराकिलो जित, न्युजिल्याण्ड ८४ रनले पराजित शनिबार, जेठ २६, २०८१ लगातार दोस्रो जितका साथ अफगानिस्तान समूह सीमा ४ अंक बनाउँदै शीर्ष स्थानमा छ।