जुम्लामा जीप दुर्घटनामा मृत्यु भएकाको सनाखत आइतबार, भदौ १७, २०८०

गैंडाको खागसहित ४ जना पक्राउ आइतबार, भदौ १७, २०८० पक्राउ पर्नेमा दोलखाको मेलुङ्ग गाउँपालिका-७ का ३० वर्षीय प्रदीप मगर, रामेछापको मन्थली नगरपालिका-७ का ५० वर्षीय पूर्णसिंह तामाङ, काठमाडौंको बूढानीलकण्ठ-१३ का ३१ वर्षीय श्रीकृष्ण नगरकोटी र नुवाकोटको दुप्चेश्वर गाउँपालिका-१ का ३५ वर्षीय कर्ना तामाङ छन् ।

चट्याङबाट दिदीको मृत्यु, बहिनी घाइते आइतबार, भदौ १७, २०८० गएराति चट्याङ लागेर बडीमालिका नगरपालिका–६ कोर्धकी १२ वर्षीया प्रतीक्षा रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए । चट्याङ लागेर मृतककी बहिनी ९ वर्षीया रोजिता घाइते भएकी छन् ।
![पेप्सीकोला–काँडाघारी सवारी दुर्घटनामा एक जनाको मृत्यु [अपडेट]](https://newsgriha.com/uploads/posts/520X390/pepsikola-kadaghari-accident-kathmandu1693712366.jpg)
पेप्सीकोला–काँडाघारी सवारी दुर्घटनामा एक जनाको मृत्यु [अपडेट] आइतबार, भदौ १७, २०८० पेप्सीकोला–काँडाघारी सडकखण्डमा छाप्रोमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरको बा३ख ४८४८ नम्बरको बस र बा६च ५३४२ नम्बरको जीप आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

मुगु जाँदै गरेको जीप जुम्लामा दुर्घटना, दुई जनाको मृत्यु आइतबार, भदौ १७, २०८० जुम्लाबाट मुगुतर्फ जाँदै गरेको भे १ ज १०९९ नम्बरको जीप आइतबार बिहान दुर्घटनामा परेको छ । कनकासुन्दरी गाउँपालिका–४ ठगुरेना भन्नेमा ठाउँमा जीप दुर्घटना भएको हो । दुर्घटना परी दुई जनाको घटनास्थल मै मृत्यु भएको जुम्ला प्रहरीले जनाएको छ । मृतकको सनाखत भएको छैन ।

हत्या मुद्दामा सजाय भुक्तान गरिरहेका कैदीबन्दी बर्दिया कारागारबाट भागे आइतबार, भदौ १७, २०८० कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बर्दियाबाट सजाए पाएर एक वर्ष देखि कैद भुक्तान गरिरहेका ठाकुरबाबा नगरपालिका– ८ का २७ वर्षीय अजित बूढा क्षेत्री कारागारबाट भागेका हुन् ।

रसुवागढीनाकाबाट एक केजी सुनसहित महिला पक्राउ आइतबार, भदौ १७, २०८० अवैधरूपमा सुन आयात गर्ने उत्तरी रसुवामा एक महिला शनिबार मितेरी पुलबाट पक्राउ परेकी छिन् ।

सङ्खुवासभामा कैदी मृत्यु प्रकरण : कारागारका २ कर्मचारी नियन्त्रणमा आइतबार, भदौ १७, २०८० सङ्खुवासभाको कारागारभित्र २ कैदीको हत्या प्रकरणमा प्रहरीले कारागारका २ कर्मचारीलाई नियन्त्रणमा लिएको छ ।कैदीको हत्या प्रकरणमा मुछिएका कारागारका कम्प्युटर अपरेटर इन्द्रनारायण यादव र कार्यालय सहयोगी ढकलाल कार्कीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।

भदौ १७ गते आइतबार यी राशि हुनेहरूलाई लाभ हुने आइतबार, भदौ १७, २०८० भदौ १७ गते आइतबार । भदौ कृष्ण चतुर्थी तिथि । पञ्चाङ्ग गण्ड बव रेवती । राशिफल ।

इटहरीको मुख्य राजमार्ग क्षेत्रमा ई–रिक्सा चलाउन निषेध शनिबार, भदौ १६, २०८० सुनसरीको इटहरी उपमहानगरपालिकाले मुख्य राजमार्ग क्षेत्रमा ३ पाङ्ग्रे ई–रिक्सा चलाउन नदिने भएको छ ।
पर्साको ठोरी क्षेत्रमा आतंक मच्चाउने पाटेबाघ नियन्त्रणमा शनिबार, भदौ १६, २०८० पर्साको ठोरी गाउँपालिका क्षेत्रमा आतंक मच्चाउँदै आएको पाटेबाघलाई शनिबार पर्सा राष्ट्रिय निकुञ्जले नियन्त्रणमा लिएको छ ।

संसारले बुझोस्, जब नेपालको अखण्डता, सार्वभौमिकताको कुरा आउँछ, सिंगो नेपाल एकठाउँमा हुन्छ : कांग्रेस महामन्त्री थापा शनिबार, भदौ १६, २०८० ‘अखण्ड नेपालको भू-भागमा कांग्रेस, एमाले, माओवादी छैन, सब एक छौं’,थापाले भने,‘भारत, अमेरिका, चीन अनि संसारले यो कुरा बुझोस्,जब नेपालको अखण्डता, सार्वभौमिकताको कुरा आउँछ, सिंगो नेपाल एकठाउँमा हुन्छ ।’

फुपूको घर पुर्याइदिने भन्दै किशोरीलाई बन्धक बनाएर जबर्जस्ती करणी, अटो चालक पक्राउ शनिबार, भदौ १६, २०८० दैलेखको महाबु गाउँपालिकाकी १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा अछामको पञ्चदेवल विनायक नगरपालिका –३ का सुरेन्द्रबहादुर शाही पक्राउ परेका छन् । किशोरीलाई दुई दिनसम्म होटल कोठामा बन्धक बनाएर जबर्जस्ती करणी गरेको आरोपमा भे १ ह २३०९ नम्बरको अटो चालक शाही पक्राउ परेका हुन् ।