News Griha :: न्यूजगृह
संसारले बुझोस्, जब नेपालको अखण्डता, सार्वभौमिकताको कुरा आउँछ, सिंगो नेपाल एकठाउँमा हुन्छ : कांग्रेस महामन्त्री थापा

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय अखण्डता र सार्वभौमिकताको सवालमा सिंगो देश एकठाउँमा रहेको बताएका छन् ।

शनिबार झापामा आयोजित कार्यक्रममा महामन्त्री थापाले सो कुरा बताएका हुन् । उनले कांग्रेस मात्र नभई कुनै पनि दलले चीनको हर्कत ठिक छ नभनेको बताए ।

भारतसँग सीमा विवादमा नेपालले गरेको निर्णयलाई चीनले सम्मान गर्न नसकेको महामन्त्री थापाले बताए । उनले भने, ‘यसमा ‘कांग्रेस पनि चिन्तित छ, एमाले पनि चिन्तित छ, नयाँ पार्टी पनि चिन्तित छ, पुरानो पार्टी पनि चिन्तित छ ।’

महामन्त्री थापाले राष्ट्रिय अखण्डता र सार्वभौमिकताको सवालमा कहीँ कतै सम्झौता नगर्ने बताए । नेपालमा सरकार वा प्रधानमन्त्री बदलिए पनि संसारलाई हेर्ने दृष्टिकोण नबदलियोस् होस् भन्ने आफूहरूले चाहेको उनले बताए ।

‘अखण्ड नेपालको भू-भागमा कांग्रेस, एमाले, माओवादी छैन, सब एक छौं’,थापाले भने,‘भारत, अमेरिका, चीन अनि संसारले यो कुरा बुझोस्,जब नेपालको अखण्डता, सार्वभौमिकताको कुरा आउँछ, सिंगो नेपाल एकठाउँमा हुन्छ ।’

 

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  २०:०५
Weather Update