
काठमाडौं— काठमाडौं महानगरपालिका प्रमुख बालेन साहले नेपालले जारी गरेकाे चुच्चे नक्सालाई चीनले मान्यता नदिएको भन्दै आफ्नो आसन्न चीन भ्रमण रद्द गरेका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकबाट उनले नेपाललाई नसोधी नेपाली भू–भागलाई चीनले भारतको देखाएको भन्दै विरोध गरेका हुन् ।
उनले फेसबुकमा लेखेका छन्,‘नेपाली भू–भागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौं ।’
नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई समेटेर चुच्चे नक्सा जारी गरेको थियो । तर,चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पुरानाे नक्सालाई कायम राखेपछि बालेनले त्यसको विरोध गर्दै चीनको आसन्न ५ दिने भ्रमण रद्द गरेको जनाएका छन् ।
‘केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको चुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ । त्यसैले चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु,’ बालेनले लेखेका छन् ।
यस्तो छ बालेनको स्टाटस