इटहरीको मुख्य राजमार्ग क्षेत्रमा ई–रिक्सा चलाउन निषेध

सुनसरी— सुनसरीको इटहरी उपमहानगरपालिकाले मुख्य राजमार्ग क्षेत्रमा ३ पाङ्ग्रे ई–रिक्सा चलाउन नदिने भएको छ ।
इटहरीमा सिटी सफारीका कारण दुर्घटना बढेको भन्दै मुख्य राजमार्गमा आइतबारदेखि ३ पाङ्ग्रे ई–रिक्सा चलाउन रोक लगाइएको इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले बताए ।
इटहरी उपमहानगरपालिकामा दर्ता भएका सफारीमात्र उपमहानगरपालिकाभित्र चलाउन दिने पनि निर्णय भएको उनको भनाइ छ ।
इलाका प्रहरी कार्यालय इटहरी, ट्राफिक प्रहरी कार्यालय, इटहरी उपमहानगरपालिका र सफारी सञ्चालकका नेतृत्वबीच सहमति गरेर यस्तो निर्णय भएको पौडेलले बताए ।
अबदेखि सिटी सफारी मुख्य सडकमा यात्रुलाई कुरेर बस्न र जथाभावी यात्रु चढाउन तथा ओराल्न पाइने छैन ।
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८० २१:१०