News Griha :: न्यूजगृह
गैंडाको खागसहित ४ जना पक्राउ

काठमाडौं—  गैंडाकोखागसहित प्रहरीले ४ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखाको मेलुङ्गगाउँपालिका-७ का ३० वर्षीय प्रदीप मगर, रामेछापको मन्थली नगरपालिका-७ का ५० वर्षीय पूर्णसिंह तामाङ, काठमाडौंको बूढानीलकण्ठ-१३ का ३१ वर्षीय श्रीकृष्ण नगरकोटी र नुवाकोटको दुप्चेश्वर गाउँपालिका-१ का ३५ वर्षीय कर्ना तामाङ छन् । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । आवश्यक कारबाहीका लागि उनीहरूलाई डिभिजन वन कार्यालय काठमाडौंमा बुझाइएको सीआईबीले जनाएको छ ।   

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १३:३३
Weather Update