News Griha :: न्यूजगृह
पेप्सीकोला–काँडाघारी सवारी दुर्घटनामा एक जनाको मृत्यु [अपडेट]

काठमाडौं—पेप्सीकोला–काँडाघारी सडकखण्डमा छाप्रोमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

आइतबार बिहान जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरको बा३ख ४८४८ नम्बरको बस र बा६च ५३४२ नम्बरको जीप आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

त्यसपछि बसले बागमती प्रदेश ०२प ५३११ नम्बरको स्कुटर र बागमती प्रदेश ०२ प ४८३८ नम्बरको मोटरसाइकलमा समेत क्षति पुर्‍याएको थियो । दुर्घटनामा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको हो । स्कुटरमा सवार दुई जना महिला घाइते छन् ।  

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  ११:०७
Weather Update