चट्याङबाट दिदीको मृत्यु, बहिनी घाइते

बाजुरा— चट्याङ लागेर बाजुराको कोर्ध गाउँको थला लेकमा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते छन् ।
गएराति चट्याङ लागेर बडीमालिकानगरपालिका–६कोर्धकी १२ वर्षीया प्रतीक्षा रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए । चट्याङ लागेर मृतककी बहिनी ९ वर्षीया रोजिता घाइते भएकी छन् ।
प्रतीक्षाको घटनास्थल मै मृत्यु भएको प्रहरी निरीक्षक भण्डारीले बताए । चट्याङ लागेर एउटा भैँंसी, एउटा पाडो र एउटा गोरुसमेत मरेको छ । घाइते रोजिताको मार्तडीस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १७, २०८० १२:०५