जबर्जस्ती करणीको आरोपमा तथ्यांक कार्यालय चितवनका प्रमुख पक्राउसोमबार, भदौ १८, २०८०

तीनै तहका कर्मचारीलाई सम्बोधन गर्न प्रस्ताव सोमबार, भदौ १८, २०८० एकीकृत सरकारी कर्मचारी संगठन, केन्द्रीय कार्यसमितिले सरकारी कर्मचारीको परिभाषामा तीनै तहका कर्मचारीलाई सम्बोधन गर्न विशेष प्रस्ताव गरेको छ ।

हत्या घटनामा संलग्न सांसद अनिरुद्धकुमार सिंह पक्राउ सोमबार, भदौ १८, २०८० माओवादी नेता गोविन्द चौधरीको हत्यामा संलग्न रहेको घटनामा २०६४ सालदेखि मुल्तबीमा रहेको मुद्दामा सिंहसमेत आरोपित हुन् । एसपी कार्कीले पक्राउ गरिएका प्रदेशसभा सदस्य सिंहलाई अदालतमा पेस गरिएको बताए । गत प्रदेश सभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४ (२) बाट स्वतन्त्र निर्वाचित भएका हुन् ।

अघि बढ्दै ‘शहर उज्यालो कार्यक्रम’, ११ हजार स्मार्ट सडक बत्ती जडान सोमबार, भदौ १८, २०८० नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहसँगको लागत साझेदारीमा शहरका मुख्य चोकमा चारै दिशामा उज्यालो छर्ने ६७ वटा अत्याधुनिक हाइमास्ट लाइट जडान गरेको हो । प्राधिकरणले सडक बत्ती राखिने संरचना निर्माणका लागि करिब ४२ करोड रुपैयाँ योगदान गरेको छ । प्राधिकरणले ‘शहर उज्यालो अभियान’अन्तर्गत पालिकासँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक...

राष्ट्रिय सभा बैठक बस्दै सोमबार, भदौ १८, २०८० राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक साेमबार दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने भएको हो ।

कोरिया भाषा परीक्षा असोज १ गते हुने सोमबार, भदौ १८, २०८० वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले दक्षिण कोरियामा पानीजहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ मा जान आवेदन दिएकाहरूको भाषा परीक्षा आगामी असोज १ गतेदेखि गरिने भएको छ ।

चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र आवेदन खुल्यो सोमबार, भदौ १८, २०८० म्याग्दीलगायत साविक धौलागिरि क्षेत्रका सेवाग्राहीलाई लक्षित गरेर बाग्लुङमा ११ वर्षपछि पुनः चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन गर्न आवेदन संकलन हुन थालेको छ ।

यस्तो छ सोमबार तपाईंको राशिफल सोमबार, भदौ १८, २०८० भदौ १८ गते सोमबार । भदौ कृष्ण पञ्चमी तिथि । पञ्चाङ्ग ध्रुव कौलव अश्विनी ।

प्रत्यक्ष निर्वाचनमा महिला उम्मेदवार अनिवार्य हुनुपर्छ : प्रवक्ता पौडेल आइतबार, भदौ १७, २०८० राष्ट्रिय महिला आयोगकी सदस्यसमेत रहेकी प्रवक्ता कृष्णकुमारी पौडेलले प्रत्यक्ष निर्वाचनमा महिला उम्मेदवार अनिवार्य हुने व्यवस्था गराउन माग गरेकी छिन् ।

भारतको धौलीगंगा बाँध चौथोपटक खोलिँदै, सतर्कता अपनाउन आग्रह आइतबार, भदौ १७, २०८० भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध सोमबार खोलिने भएको छ ।

‘हावा’मा आलुको बिउ उत्पादन आइतबार, भदौ १७, २०८० धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको आर्थिक सहयोगमा नयाँ प्रविधि ‘एरोपोनिक’ अर्थात् हावामा बिउ उत्पादन थालिएको हो । उक्त उद्योगले यसअघि माटोमा विभिन्न जातका आलुको बिउ उत्पादन गर्दै आएको थियो । ‘यस प्रविधिअन्तर्गत खाली बोतलमा मसिना बिरुवा उमारिन्छ । यसका लागि आवश्यक मलजल तथा अक्सिजन मेसिनबाट नै पठाइन्छ,’ उद्योगका सञ्चालक शशि अधिकारीले भने...
ललितपुरमा १६ वर्षीया किशोरी बलात्कृत, आरोपित पक्राउ आइतबार, भदौ १७, २०८० पक्राउ पर्नेमा गोदावरी नगरपालिका- २ का ३६ वर्षीय सुजन नगरकोटी छन् । उनलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो । नगरकोटीले ती किशोरीलाई गत बिहीबार दिउँसो त्रिवेणीस्थित जङ्गलमा लगेर बलात्कार गरेको उजुरीको आधारमा प्रहरी प्रभाग लाँकुरी भञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।