मुल्तबीमा रहेको मुद्दा
हत्या घटनामा संलग्न सांसद अनिरुद्धकुमार सिंह पक्राउ

काठमाडौं — सप्तरीबाट निर्वाचित मधेस प्रदेश सभा सदस्य अनिरुद्धकुमार सिंहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
कर्तव्य ज्यान मुद्दाका आरोपित सिंहलाई सोमबार दिउँसो राजविराजबाट नियन्त्रणमा लिइएको सप्तरीका एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
माओवादी नेता गोविन्द चौधरीको हत्यामा संलग्न रहेको घटनामा २०६४ सालदेखि मुल्तबीमा रहेको मुद्दामा सिंहसमेत आरोपित हुन् । एसपी कार्कीले पक्राउ गरिएका प्रदेशसभा सदस्य सिंहलाई अदालतमा पेस गरिएको बताए । गत प्रदेश सभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४ (२) बाट स्वतन्त्र निर्वाचित भएका हुन् ।
प्रकाशित मिति: सोमबार, भदौ १८, २०८० १६:४१