ललितपुरमा १६ वर्षीया किशोरी बलात्कृत, आरोपित पक्राउ
काठमाडौं— ललितपुरमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोदावरी नगरपालिका- २ का ३६ वर्षीय सुजन नगरकोटी छन् । उनलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो । नगरकोटीले ती किशोरीलाई गत बिहीबार दिउँसो त्रिवेणीस्थित जङ्गलमा लगेर बलात्कार गरेको उजुरीको आधारमा प्रहरी प्रभाग लाँकुरी भञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १७, २०८० १४:२६