News Griha :: न्यूजगृह
कागबेनीका बाढीपीडितलाई राहत वितरण

मुस्ताङ— कागबेनीका बाढीपीडितलाई राहत वितरण गरिएको छ ।

अखण्डज्योति बाबा स्वामी श्रीजी च्यारिटेबल ट्रष्ट नेपाल तीर्थस्थल विकास राष्ट्रिय समितिको संयोजन तथा जिल्ला प्रशासन कार्यालय मुस्ताङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको समन्वयमा कागबेनीमा राहत वितरण गरिएको हो ।

गत साउन २८ गते कालीगण्डकीमा अप्रत्याशित आएको बाढीबाट प्रभावित भएका परिवारलाई अनन्त विभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथ बाबा) ले राहत वितरण गरेका थिए ।

पीडित परिवारलाई खाद्यान्न र लत्ताकपडासहित तत्काल आवश्यक पर्ने भाँडाकुँडा र अन्य सामग्रीसँगै प्रतिपरिवार १० हजार उपलब्ध गराइएको विश्वशान्ति गण्डकी महासभाका प्रवक्ता आचार्य सुदर्शन बडालले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ०८:५१
Weather Update