दुर्घटना
जुम्लामा जीप दुर्घटनामा मृत्यु भएकाको सनाखत

काठमाडौं— जुम्लाको कनकासुन्दरी गाउँपालिका— ४ छाकुनेरामा भएको जीप दुर्घटनामा परेर मृत्यु भएका दुवै जनाको सनाखत भएको छ ।
आइतबार बिहान जुम्लादेखि मुगु जाँदै गरेको जीप दुर्घटनामा परेको थियो । जुम्लाका प्रहरी निरीक्षक उमेश चन्दका अनुसार दुर्घटनामा मुगुको रारा छायानाथ नगरपालिका–५ का अन्दाजी २८ वर्षीय अविराज कार्की र सोही वडाका २२ वर्षीय जितेन्द्र रावलको मृत्यु भएको हो । कार्की चालक र रावल सहचालक हुन् । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मुगु लगिएको प्रहरी निरीक्षक चन्दले बताए ।
भे १ ज १०९९ नम्बरको जीप सडकदेखि ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, भदौ १७, २०८० १४:००