सोल्टिमोडमा सेनाका लेस नायक मृत भेटिए शनिबार, कात्तिक १८, २०८०

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै शनिबार, कात्तिक १८, २०८० मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशको पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

तीव्र गतिको मोटरसाइकल बिग्रिएको ट्रकमा ठोक्किँदा २ युवाको मृत्यु शुक्रबार, कात्तिक १७, २०८० सर्लाहीको लालबन्दीमा तीव्र गतिको मोटरसाइकल सडकमा रोकिराखेको ट्रकका ठोक्किँदा दुई युवाको मृत्यु भएको छ ।पूर्वपश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिका— १७ स्थित कालिञ्जोर पुल नजिक गएराति भएको उक्त दुर्घटनामा हरिवन नगरपालिका–११ का दुई युवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

आजको फलफूल तथा तरकारीको मूल्य शुक्रबार, कात्तिक १७, २०८० कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको बजार मूल्यमा सार्वजनिक गरेको छ ।

बागमतीसहित यी प्रदेशका उच्च पहाडी भू–भागमा आज हिमपातको सम्भावना शुक्रबार, कात्तिक १७, २०८० देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा छ ।

रिगलको मुद्दामा सर्वोच्चले भोलि निर्णय सुनाउने बुधबार, कात्तिक १५, २०८० कायमुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशद्धय सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले बिहीबार निर्णय सुनाउने आदेश दिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता गोविन्द घिमिरेले बताए ।

अरिङ्गालले टोकेर एक जनाको मृत्यु, एक घाइते बुधबार, कात्तिक १५, २०८० अरिङ्गालले चिलेर सिकिस्त भएका ३० वर्षीय सन्तोष लिम्बूको उपचारका क्रममा झापाको बिर्तामोडस्थित बिर्ता सिटी अस्पतालमा मृत्यु भएको हो ।

लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोठाटारमा गोली चलायो बुधबार, कात्तिक १५, २०८० लागूऔषध कारोबारी भारतीय नागरिक मोहमद करिमलाई समात्न खोज्दा प्रहरीलाई आक्रमण गर्न खोजेपछि गोली चलाउने परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए । उनले भने, ‘करिमको दाहिने तीघ्रामा गोली लागेको छ ।’

प्रिन्सिपल स्वर्णकारको हत्यामा संलग्नलाई सार्वजनिक गरिँदै, हत्याको कारण विवाहेत्तर सम्बन्ध? बुधबार, कात्तिक १५, २०८० बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले प्रिन्सिपल स्वर्णकारको हत्यामा संलग्नलाई दिउँसो १ बजे सार्वजनिक गरिने जानकारी दिए । हत्यामा संलग्न भएको आशंकामा प्रहरीले अहिलेसम्म १० जनालाई पक्राउ गरी सोधपुछ गरेको छ । सोधपुछका क्रममा संलग्नता पुष्टि भएकाहरूलाई बारा प्रहरीले दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागेको हो ।

रिगललाई आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ आज पनि बुधबार, कात्तिक १५, २०८० न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा मंगलबार भएको सुनुवाइमा सरकारी पक्षले बहस भएको थियो । महान्यायाधिवक्ता डा दिनमणि पोखरेल, नायब महान्यायाधिवक्ता विश्वराज कोइराला र नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मीले सरकारका तर्फबाट बहस गरेका थिए । आज बाँकी सुनुवाइ हुनेछ ।

प्यालेस्टाइनमाथिको इजरायली आक्रमणविरुद्ध ललितपुरमा विरोध मंगलबार, कात्तिक १४, २०८० पाटन दरबार स्क्वाएरमा जम्मा भएका विभिन्न जनजाति अगुवाहरूले, प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको आक्रमण रोकिनु पर्ने भन्दै प्लेकार्डसहित प्रर्दशन गरेका हुन् । कार्यक्रममा सहभागीहरूले कविता मार्फत शान्ति स्थापनाको आग्रह गरेकासमेत गरेका थिए ।

काभ्रेमा पराल बोकेको मिनी ट्रक दुर्घटना, २ को मृत्यु, १ जना घाइते मंगलबार, कात्तिक १४, २०८० जिल्लाको पनौती नगरपालिका–२ स्थित सिलाभन्ज्याङमा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । १ जना घाइते भएका छन् ।मंगलबार दिउँसो २ बजेतिर पनौतीको कुशादेवीबाट नयाँगाउँतर्फ जाँदै गरेको बा ४ ख६७२३ पराल बोकेको ट्रक ब्रेक फेल भई सडकबाट करिब ६ सय मिटर तल खस्दा त्यसमा सवार २ जनाको...

आगलागीमा परी महिलाको मृत्यु मंगलबार, कात्तिक १४, २०८० भान्सा कोठाको चुल्होमा डिजेल प्रयोग गरी आगो बाल्ने क्रममा सोमबार साँझ आगलागी हुँदा ३३ वर्षीया कमला गौतमको घटनास्थल मै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।