इजरायलमा मृत्यु भएका थप ३ नेपालीको शव पहिचानआइतबार, कात्तिक १२, २०८०

दसैँका समयमा पाथीभरामा २५ हजारभन्दा बढी जनाले दर्शन गरे आइतबार, कात्तिक १२, २०८० नवरात्रदेखि कोजाग्रत पूर्णिमासम्ममा २५ हजार छ सय ३८ जान भक्तजनले पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गरेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । क्षेत्र विकास समितिका अनुसार दसैँको अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमाको दिन चार हजार तीन सय २२ जनाले दर्शनका छन् ।

मुगुमा एकै परिवारका ४ जनाको हत्या शुक्रबार, कात्तिक १०, २०८० जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार २८ वर्षीया श्रीदेवी बोहोरा, उनका २ छोरा र एक छोरीको शव घरमा भेटिएको हो । जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र थापाका अनुसार श्रीदेवीसहित उनका ११ वर्षीय छोरा मनोज, ९ वर्षकी छोरी अप्सरा र ८ महिने छोरा रहर मृत भेटिएका हुन् ।

चिर्पट प्रहार गरी श्रीमतीको हत्या शुक्रबार, कात्तिक १०, २०८० दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा मुढे लालीका ४० वर्षीय दावा शेर्पाले श्रीमतीको हत्या गरेका छन् । बिहीबार बेलुकी ५ बजेतिर ३६ वर्षीया श्रीमती लाक्पा दिकु शेर्पालाई चिर्पटले हानेर दावाले हत्या गरेका प्रहरीले जनाएको छ ।

अमेरिकाको लयुस्टनमा अज्ञात बन्दुकधारीले गरे १६ को हत्या बिहीबार, कात्तिक ९, २०८० अमेरिकाको मेन राज्यस्थित ल्युस्टन सहरमा एक अज्ञात बन्दुकधारीले गोली हानी हालसम्म १६ जनाको हत्या गरेका छन् । बीबीसीका अनुसार ती बन्दुकधारीको प्रहरीले खोजी गरिरहे पनि फेला पार्न सकेका छैनन् । यस घटनामा अन्य ५० जना भने घाइते भएका छन् ।

दाङमा १६ दिनको नवजात शिशुको हत्या प्रयास, आमा पक्राउ बिहीबार, कात्तिक ९, २०८० दाङको लमहीमा १६ छोरी दिने नवजात शिशु (छोरी)को हत्या प्रयास गरेको अभियोगपछि आमा पक्राउ परेकी छन् । लमही नगरपालिका–७ कप्तानगञ्जकी २५ वर्षीया निर्मा चौधरीले बुधबार दिउँसो छोरीको घाँटी रेटेर हत्याको प्रयास गरेको खबरपछि आमालाई नियन्त्रणमा लिनुपरेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए ।

स्कुटर दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान घाइते बिहीबार, कात्तिक ९, २०८० काठमाडौँबाट हेटौँडा आउँदै गरेको ०२–०२७–प ४८४२ नं को स्कुटर बुधबार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । एक पुरुष घाइते छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार स्कुटर चालक काठमाडौँ महानगरपालिका–२७ बस्ने वर्ष ६५ का शशिराज पाण्डे घाइते छन् ।

आज तेस्रो दिन पनि दसैँको टीका र जमरा लगाइँदै बिहीबार, कात्तिक ९, २०८० बिहीबार आज पनि आफन्त तथा मान्यजनको हातबाट टीका र जमरा लगाइँदै छ । दसैँको टीकाको दिन आफन्तकहाँ जान नभ्याएकाले कोजाग्रत पूर्णिमाको दिनसम्म टीका, जमरा र आशीर्वाद लिन जाने गर्छन् । कतैकतै विजया दशमीकै दिनबाट दसैँ सकिने गर्छ ।

दुर्गा पूजाको मूर्ति सेलाउन जाने क्रममा सर्लाहीमा झडप, दुई प्रहरी घाइते बुधबार, कात्तिक ८, २०८० झडपमा दुई प्रहरी घाइते भएका सर्लाही प्रहरी प्रवक्ता डीएसपी दिपेन्द्र पञ्जियार थारूले जानकारी दिए । उनका अनुसार अवस्था नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास प्रहार गरेको छ ।

मुस्लिम समुदायका अगुवाले यसरी मनाए दसैँ बुधबार, कात्तिक ८, २०८० नेपालगञ्जमा दसैँको दिन मुस्लिम समुदायका अगुवाहरूले आफ्ना मान्यजनबाट टीका र जमरा लगाएर दसैँ मनाएका छन्। मंगलबार विजय दशमीका अवसरमा मुस्लिम अगुवाहरूले दसैँको टीका र जमरा लगाएर धार्मिक सदभाव लाई निरन्तरता दिँदै आफ्ना मान्यजनबाट टीका र जमरा लगाएर दसैँ मनाएका हुन्।

दुर्गा मूर्ति विसर्जनमा गएका दुईको डुबेर मृत्यु, एक बेपत्ता मंगलबार, कात्तिक ७, २०८० मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले जानकारी दिए।

नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाइयो मंगलबार, कात्तिक ७, २०८० आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइएको छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाउने परम्परा छ ।

मकवानपुरमा सुमो दुर्घटना, १३ भारतीय तीर्थयात्रु घाइते मंगलबार, कात्तिक ७, २०८० इन्द्रसरोबार गाउँपालिका-५ मकैबारीस्थित कुलेखानी-मातातीर्थ काठमाडौं जाने भित्री सडकखण्डमा मंगलबार बिहान साढे ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको मधेश प्र-०३-००१ज०२८३ नम्बरको सुमो अनियन्त्रित भई दुर्घटना भएको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले बताए ।