बागलुङमा ग्याङ फाइट, ६ घाइते, ३ पक्राउमंगलबार, कात्तिक ७, २०८०

नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाइँदै, उत्तम साइत ११:०२ बजे मंगलबार, कात्तिक ७, २०८० टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः०२ बजेको साइत उत्तम रहेको जनाएको छ ।

सहारा बनेको छोरो बाकसमा फर्किदा... सोमबार, कात्तिक ६, २०८० मुलुकभर दसैंको रौनक बढिरहेका बेला सोमबार बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका- १५ निम्बुखेडामा सन्नाटा छायो ।टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्याम्पसबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका दीपेश विष्टको शव निम्बुखेडा पुगेपछि उनको परिवारसँगै सिङ्गो टोल शोकमा डुब्यो ।

दसैँ मनाउन मौसम बाधक नबन्ने, काठमाडौंमा चिसो बढ्यो सोमबार, कात्तिक ६, २०८० यो वर्षको दसैँको विजया दशमीमा टाढाको यात्रा गर्न मौसमले साथ दिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज महानवमी पर्व मनाइँदै सोमबार, कात्तिक ६, २०८० महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।

यस्तो छ आजको मौसम पूर्वानुमान सोमबार, कात्तिक ६, २०८० सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
![पाल्पा जीप दुर्घटना : मृतक सबैको सनाखत [अपडेट]](https://newsgriha.com/uploads/posts/520X390/Palpa-Accident-1-1697980288.jpeg)
पाल्पा जीप दुर्घटना : मृतक सबैको सनाखत [अपडेट] आइतबार, कात्तिक ५, २०८० मृत्यु हुनेमा तीन महिला, दुई बालबालिका र एक पुरुष रहेको प्रहरीले जनाएको छ । जीप दुर्घटनामा नवलपरासी पूर्व देवचुली नगरपालिका १६ रजहरका ६० वर्षीया पार्वती लोहनी, सोही स्थानकै ६५ वर्षीय कृष्णबहादुर लोहनी, ११ वर्षीय सविस लोहनी, साढे दुई वर्षकी ईसव लोहनी, ३५ वर्षीया सविना धिताल र लमजुङ बेंसीसहर २ भकुण्डेकी...

पाल्पाको बराङ्ग्दी खोलामा जीप खस्यो, ६ जनाको मृत्यु आइतबार, कात्तिक ५, २०८० उद्दारमा अस्थायी प्रहरी चौकी रानीघाटका साथै जिल्ला प्रहरी कार्यालयबाट गएको टोली, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ । दुर्घटना अफ्ट्यारो खोचमा भएकाले उद्दारमा कठिनाइ भएको छ ।

देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लाम आइतबार, कात्तिक ५, २०८० दसैँको आठौँ दिन अर्थात महाअष्टमीका दिन देशभरका शक्तिपीठमा भक्तजनको लर्को लागेको हो । नवरात्रको सुरुवात् अर्थात घटस्थापनादेखि नै नवदुर्गाको पूजा, आराधना सुरु हुने भएपनि महाअष्टमी, महानवमी र विजयादशमीका दिन विशेष पूजा आराधना गर्ने सनातनदेखिको परम्परा रहेको छ ।

यी तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना आइतबार, कात्तिक ५, २०८० देशका केही भूभागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना रहेको हो । बिहान देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

इजरायलले ४ नेपालीको शव दूतावासलाई बुझायो, पर्सि काठमाडौं पुग्ने शुक्रबार, कात्तिक ३, २०८० आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये ४ जनाको शव आइतबार काठमाडौं पुग्ने तेलअविवस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ । दूतावासले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भोलि दिउँसो १ः२५ बजेको फ्लाइ दुबईको उडानबाट नेपाल पठाउन लागिएको जानकारी गराइएको छ ।

बझाङमा जीप दुर्घटना, एकको मृत्यु, पाँच घाइते शुक्रबार, कात्तिक ३, २०८० बझाङमा जीप दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना घाइते छन् । छबिसपाथिभेरा गाउँपालिका–७ खोरीमा भएको जीप दुर्घटनामा परी घाइते भएका सोही वडा बुड्खोरीका २५ वर्षीय रेशम महत (इनार) को मृत्यु भएको हो ।

दसैँमा पनि आयल निगमका डिपोहरू खुला रहने शुक्रबार, कात्तिक ३, २०८० नेपाल आयल निगमका अनुसार कात्तिक ४ गते अर्थात् फूलपातीका दिनदेखि कात्तिक ९ गतेसम्म (कोजाग्रत पूर्णिमा) का दिन सम्मै बिक्री केन्द्रहरू खुला रहने भएका हुन् । तथापि, व्यवस्थापन अनुकूल केन्द्रदेखि प्रादेशिक कार्यालयहरूलाई दिन अनुसार खुला राख्ने तालिका तयार गरिएको निगमले जनाएको छ ।