
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु बुधबार, कात्तिक १, २०८० हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट स्थानीय ५२ वर्षीय गोविन्द भण्डारीको बुधबार बिहान मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

पाँचथरमा ट्याक्सी दुर्घटना, ८ जना घाइते, एकको अवस्था गम्भीर बुधबार, कात्तिक १, २०८० झापाको बिर्तामोडदेखि पाँचथरको ओयाम जाँदै गरेको को १ ज ५१३३ नम्बरको ट्याक्सी हिलिहाङ गाउँपालिका-७ टाहारीमा दुर्घटनामा परेको हो । ट्याक्सी अनियन्त्रित भएर सडकदेखि करिब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ बुधबार, कात्तिक १, २०८० श्रीमतीको हत्या अभियोगमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ । ३० वर्षीया छविमाया राईको हत्या गरेको अभियोगमा उदयपुर त्रियुगा नगरपालिका–५ श्रीपुर बस्ने ३२ वर्षीय पिटर राईलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।

रुकुम पश्चिममा एक महिलाको घाँटी रेटेर हत्या बुधबार, कात्तिक १, २०८० मुसीकोट नगरपालिकाका– ७ साँखकी २८ वर्षीया भावना बिक सत्कार होटेलको कोठा नम्बर १ मा मङ्गलबार बिहान मृत फेला परेकी थिइन् । घाँटी रेटेर हत्या गरिएको अवस्थामा उनको शव फेला परेको थियो ।

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै बुधबार, कात्तिक १, २०८० सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । तर, यस वर्ष दसैँ परेका कारण पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते तय गरिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण...

बिहारमा एक नेपालीको गोली हानी हत्या बुधबार, कात्तिक १, २०८० भारत बिहारको रामगढवामा एक नेपालीको गोली हानी हत्या गरिएको छ । वीरगन्जसँगै सीमा जोडिएको भारतीय सहर रक्सौलबाट मात्र १३ किलोमिटरको दूरीमा रहेको मोतिहारी जाने मुलसडकमा पर्ने रामगढवामा मंगलबार रौतहटको गौर नगरपालिका– ९ का ४० वर्षीय दिलीप सिंहमाथि अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको हो ।

मोटरसाइकललाई ठक्कर दिएर भागेको गाडी दुर्घटना, एक जनाको मृत्यु बुधबार, कात्तिक १, २०८० मृत्यु हुनेमा रामेछापको मन्थली नगरपालिका घर भएकी २० वर्षीया रमिला बुढाथोकी रहेको काभ्रे प्रहरीले जानकारी दिएको छ । दुर्घटनापश्चात उपचारका लागि अस्पताल पुर्याइएकामा बिहान साढे ७ बजे उनलाई चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा आराधना गरिँदै बुधबार, कात्तिक १, २०८० नवरात्रको चौथो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

भारतको सर्वोच्च अदालतद्वारा समलिंगी विवाहलाई वैधानिकता दिन अस्वीकार मंगलबार, असोज ३०, २०८० चिफ जस्टिस चन्द्रचुडले नेतृत्वको पाँच सदस्यीय इजलासले बहुमतका आधारमा समलिंगी विवाहलाई कानुनी मान्यता दिने गरी स्पेसल म्यारिज एक्ट (एसएमए)मा संशोधन गर्न अस्वीकार गरेको छ । यो अधिकार विधायिकालाई भएको ठहर गरेको इजलासले बाँकी नागरिक अधिकार दिने जिम्मेवारी केन्द्र सरकारको भएको बताएको छ ।
दिप्रुङका प्रमुख प्रशासकीय अधिकृत घर हिँडेपछि दसैँको मुखमा कर्मचारीले तलब पाएनन् मंगलबार, असोज ३०, २०८० दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी बिनाजानकारी घर हिँडेपछि दसैँ अगाडि भुक्तानी गर्नुपर्ने कर्मचारीको तलब तथा निर्माण व्यवसायीको भुक्तानी रोकिएको छ ।
विमानस्थलबाट साढे ३१ लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ मंगलबार, असोज ३०, २०८० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले रकमसहित चिनियाँ मूलका भारतीय नागरिकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा चीनको सिचुआन प्रान्तबाट आएका थिन्ले छोदेन रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्द ठकुरीले जानकारी दिए ।

इजरायलमा मृत्यु भएका नेपालीको शव चाँडो ल्याउन सरकारलाई संसदीय समितिकाे ध्यानाकर्षण मंगलबार, असोज ३०, २०८० प्रतिनिधि सभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले इजरायलमा मृत्यु भएका नेपालीको शव नेपाल ल्याउनका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेका छन् ।