News Griha :: न्यूजगृह
नागरिकता पाएपछि कुल आचार्यले भने—नेपालको विकासमा यो कोसेढुंगा सावित हुनेछ
नागरिकता पाएपछि कुल आचार्यले भने—नेपालको विकासमा यो कोसेढुंगा सावित हुनेछ सरकारले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गरेको छ । नागरिकता प्रदान गर्ने अभियानको सुरुमै नागरिकता पाएपछि एनआरएनका अध्यक्ष कुल आचार्यले अत्यन्तै सकारात्मक कार्यको थालनी भएको प्रतिक्रिया दिएका छन् ।उनले नेपालको विकासमा संसारभरका नेपालीलाई जोड्ने बाटो खुलेको र त्यो कोसेढुंगा सावित हुने बताए ।
बाजुरामा तीन महिनामा बाढीपहिरोमा परी पाँच जनाको मृत्यु
बाजुरामा तीन महिनामा बाढीपहिरोमा परी पाँच जनाको मृत्यु मौसम बदलीसँगै भएको दैवी बिपत्तिमा विगत तीन महिनामा पाँच जनाको मृत्यु भएको छ ।सोमबार जिल्ला प्रहरी कार्यालय बाजुराले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा प्रहरी नायब उपरीक्षक कविन्द्रसिं बोहराले साे कुरा  जनाएका हुन् ।विवरणअनुसार बाढीपहिरोमा परेर दुई जनाको मृत्यु भएको थियो भने चट्याङ लागेर, लेक लागेर र करेन्ट लागेर...
संक्रमणकाल लम्बिँदा चुनौती देखापर्‍यो : राष्ट्रपति पौडेल
संक्रमणकाल लम्बिँदा चुनौती देखापर्‍यो : राष्ट्रपति पौडेल राष्ट्रपति रामचन्द्र पौडेलले राज्यको प्रशासनिक पुनसंरचना सँगसँगै राज्यको चरित्र र जीवनपद्धतिको पुनसंरचना भने गर्न नसकिएको बताएका छन् ।
कोशीका मुख्यमन्त्री भन्छन्— नागरिकको सुरक्षा गर्नु सरकारको कर्तव्य
कोशीका मुख्यमन्त्री भन्छन्— नागरिकको सुरक्षा गर्नु सरकारको कर्तव्य कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नागरिकको सुरक्षा गर्नु सरकारको कर्तव्य भएको बताएका छन् ।कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरमा ६८औँ प्रहरी दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले कर्तव्य पालनका क्रममा नेपाल प्रहरीले जोखिम लिने गरेकाले नै यो संगठन राम्रो र जनताबीच लोकप्रिय बनेको बताए ।
इजरायलबाट थप १९ नेपालीको उद्धार [नामसहित]
इजरायलबाट थप १९ नेपालीको उद्धार [नामसहित] सरकारले इजरायलमा रहेका थप १९ जना नेपालीको उद्धार गरेको छ । इजरायलमा हमास समूहले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको हो । परराष्ट्रमन्त्री एनपी साउदका अनुसार सरकारले भारतीय विमानमार्फत १९ नेपालीको उद्धार गरेको हो ।
स्थानीय तहमार्फत मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने आयोगको तयारी
स्थानीय तहमार्फत मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने आयोगको तयारी निर्वाचन आयोगले स्थानीय तहबाट नै मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने तयारी गरेको छ । त्यसका लागि आयोगले कार्यविधिको मस्यौदा तयार गरी आगामी कात्तिक मासन्तभित्र राय सुझाव पेस गर्न आग्रह गरेको छ ।
चाडबाडमा सुरक्षा सतर्कता अपनाउन प्रहरीले जारी गर्‍यो १० बुँदे अपिल
चाडबाडमा सुरक्षा सतर्कता अपनाउन प्रहरीले जारी गर्‍यो १० बुँदे अपिल काठमाडौं उपत्यका प्रहरी कार्यालयले सर्वसाधारणमा १० बुँदे अपिल जारी गर्दै सचेत हुन अनुरोध गरेको छ ।
भूकम्पले क्षति पुर्‍याएको गोरखाको कालिका मन्दिर र रंगमहल जिर्णोद्धार
भूकम्पले क्षति पुर्‍याएको गोरखाको कालिका मन्दिर र रंगमहल जिर्णोद्धार गोरखा भूकम्पले क्षति पुर्‍याएको गोरखाको प्रसिद्ध धार्मिकस्थल कालिका मन्दिर जिर्णोद्धार सम्पन्न भएको छ । भूकम्पले मन्दिरको पूर्वी र दक्षिण भागको गारो चर्किएको थियो भने झिङ्गटीका छाना खसेर पानी चुहिन थालेका थियो ।
शिक्षा विधेयक : ईसीडी शिक्षकको पारिश्रमिक, सेवा, सुविधा र शर्त सम्बन्धी के भनिएको छ ?
शिक्षा विधेयक : ईसीडी शिक्षकको पारिश्रमिक, सेवा, सुविधा र शर्त सम्बन्धी के भनिएको छ ? संसदीय समितिमा पुगेको विद्यालय शिक्षा विधेयक २०८० मा सत्तारुढका सांसदले २५ बुँदे संशोधन प्रस्ताव दर्ता गरेका छन् ।सरकारले शिक्षकसँग गरेको सहमतिको बुँदा समेटेर नेकपा माओवादी केन्द्रका सांसदहरू वर्षमान पुन र माधव सापकोटालगायतले संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।
प्रसिद्ध तीर्थस्थल पाथिभरामा श्रद्धालुहरूको भीड
प्रसिद्ध तीर्थस्थल पाथिभरामा श्रद्धालुहरूको भीड बडादसैँ सुरु भएसँगै ताप्लेजुङस्थित प्रसिद्ध पाथिभरा धाममा दर्शन र पूजाअर्चना गर्न जानेको संख्या उल्लेख्य रुपमा बढेको छ ।पाथिभरामा अरु बेला पनि तीर्थालुहरू पुग्ने गरेका छन् । खासगरी दसैँमा भगवतीको पूजा अर्चना गरिने भएकाले यो बेला धेरै श्रद्धालु पाथिभरा पुग्छन् ।
असोज अन्तिम दिन यस्तो छ तपाईंको राशिफल
असोज अन्तिम दिन यस्तो छ तपाईंको राशिफल असोज ३० गते  मंगलबार । असोज शुक्ल तृतिया । पञ्चाङ्ग प्रीति तैतल विशाखा । अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस ।
नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।
Weather Update