इजरायलबाट थप १९ नेपालीको उद्धार [नामसहित]
काठमाडौं— सरकारले इजरायलमा रहेका थप १९ जना नेपालीको उद्धार गरेको छ । इजरायलमा हमास समूहले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई सरकारले उद्धार गरेको हो ।
परराष्ट्रमन्त्री एनपी साउदका अनुसार सरकारले भारतीय विमानमार्फत १९ नेपालीको उद्धार गरेको हो । यसअघि नेपाल सरकारले २५४ नेपालीको उद्धार गरेको थियो ।
उद्धार गरिएका नेपालीहरूमा नन्दसिंह भुल,सुजेन्द्र खड्का, प्रतिभा रौनियार, अनुमा डंगोल, हिना खाण, आतिस गुरुङ, जुनु गुरुङ रहेका छन् ।
त्यसैगरी मौसमी पाख्रिन, प्रतिमा तिम्सिना, राजकुमार मानन्धर, संगीता दुलाल, उर्मिला रावल, ममता थापा दिलकुमारी अधिकारी कार्की रहेका छन् ।
निश्चल श्रेष्ठ, समिता बस्नेत, अम्बिका सुवेदी, सरिता गुरुङ र उर्मिला श्रेष्ठलाई पनि सरकारले उद्धार गरेको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८० १२:०८