इजरायलमा ज्यान गुमाएका पाँच नेपालीको शव प्राप्तआइतबार, असोज २८, २०८०

बडादसैँमा पनि मुद्दा सुनुवाइ हुने आइतबार, असोज २८, २०८० सर्वोच्च अदालतले आइतबार जारी गरेको सूचनाअनुसार आजैदेखि लागू हुनेगरी कोजाग्रत पूर्णिमासम्म बिहान ११ देखि ३ बजेसम्म सर्वोच्च अदालत प्रशासन बन्द रहे पनि बन्दीको रिट निवेदन सुनुवाइका लागि अदालत खुला रहनेछ ।

नेपालबाट बाहिरियो मनसुन आइतबार, असोज २८, २०८० नेपालबाट यो वर्षको मनसुन प्रणाली आइतबार (असोज २८ गते) बाहिरिएको छ । नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

न्यायालयलाई आम नागरिकको आस्थाको केन्द्रमा रूपान्तरण गर्न प्रधानन्यायाधीश श्रेष्ठको निर्देशन आइतबार, असोज २८, २०८० प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयप्रति जनविश्वास बढाउन सामूहिक प्रतिबद्धता जरुरी भएको बताएका छन् । उच्च अदालत पाटनको नवनिर्मित भवनको आइतबार उद्घाटन गर्दै उनले न्यायालयप्रतिको आस्था वृद्धि गर्न न्याय सेवा प्रवाह छिटोछरितो हुनुपर्नेमा जोड दिए ।

नवरात्र आरम्भसँगै पाथीभरामा भक्तजनको घुइँचो आइतबार, असोज २८, २०८० नवरात्र आरम्भ भएसँगै ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा भक्तजनको आगमन सुरु भएको छ । हरेक वर्ष नवरात्रभर भक्तजनको घुइँचो लाग्ने गर्दछ ।वार्षिक लाखौँको सङ्ख्यामा स्वदेशी तथा विदेशी भक्तजन आउने यस मन्दिरमा विशेष गरी दसैँको समयमा सबै भन्दा धेरै भक्तजन आउने गरेका छन् । नवरात्रको पहिलो दिन सयौँको सङ्ख्यामा भक्तजन...

सामाजिक सञ्जालका सूचना सुरक्षाका लागि चुनौती : प्रहरी प्रवक्ता कडायत आइतबार, असोज २८, २०८० नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले दसैँमा सामाजिक सञ्जालमार्फत दिइने व्यक्तिगत जानकारीले सुरक्षा चुनौती बढेको बताएका छन् ।आइतबार आमनागरिकले प्रयोग गर्ने डिजिटल प्रविधि र त्यसमार्फत जानअन्जानमा हुने निजी सूचनाको सार्वजनिकरणले प्रहरीलाई सुरक्षा चुनौती बढेको बताएका हुन् ।

इजरायलमा बेपत्ता विपिनको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय समुदायलाई परराष्ट्रमन्त्री साउदको आग्रह आइतबार, असोज २८, २०८० परराष्ट्रमन्त्री नारायणप्रकाश साउद एनपीले इजरायलमा चलिरहेको युद्धमा बेपत्ता रहेका नेपाली विद्यार्थी विपिन जोशीको स्थिति पत्ता लगाइदिन अन्तर्राष्ट्रिय संघसंस्था र कूटनीतिक मिसनसँग आग्रह गरेका छन् ।आइतबार ललितपुरको भैंसेपाटीस्थित निवासमा अन्तर्राष्ट्रिय समाचार संस्थाका प्रतिनिधिसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री साउदले बेपत्ता विद्यार्थी जोशीको अवस्था पत्ता लगाइदिन अन्तर्राष्ट्रिय संघसंस्था र कूटनीतिक नियोग एवम् मिसनसँग...

माझी समुदायले किन राख्दैनन् जमरा ? आइतबार, असोज २८, २०८० नेपालीहरूको महान् चाड बडादसैँको पहिलो दिन आज घटस्थापना । बडादसैँको पहिलो दिन सबै नेपालीको घरघरमा जमरा राखिन्छ । जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरो माटो र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ । घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यता छ ।अनिष्टको डरले बाग्लुङमा रहेको...

अवैध रूपमा ल्याइएका दश लाख बराबरको औषधी बरामद आइतबार, असोज २८, २०८० जिल्ला प्रहरीले दश लाख रुपैयाँ बराबरको अवैधरूपमा ल्याइएका औषधी बरामद गरेको छ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–१ स्थित नहरको बाँधमा प्रहरीले ती औषधी बरामद गरेको हो ।

शुभसाइतमा राखियो दसैँ घरमा जमरा आइतबार, असोज २८, २०८० काठमाडौंको हनुमान ढोकास्थित दसैँ घरमा विधिवत रुपमा जमरा राखिएको छ । आइतबारदेखि विधिवत सुरु भएको नवरात्रको पहिलो दिन दसैँ घरमा ११:२९ बजेको शुभसाइतमा जमरा राखिएको हो ।सो अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाइँ गरिएको छ । दसैँ घरमा दसैँको पहिलो दिन...

नैतिक शिक्षा दिने रामलीला नेपालगञ्जमा सुरु हुँदै आइतबार, असोज २८, २०८० नेपालगञ्जमा डेढ सय वर्षदेखि सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीला यस वर्ष आजदेखि सुरु हुँदैछ ।रामलीला मञ्चन गर्न भारतको वृन्दावनबाट राम, सीता, लक्ष्मण, हनुमान र रावणलगायतका कलाकार टोली शनिबार यहाँ आइपुगेको छ ।

राजनीतिक दलमा आवद्ध भए एनआरएनए चल्दैन : पूर्वपरराष्ट्रमन्त्री खड्का आइतबार, असोज २८, २०८० पूर्वपरराष्ट्रमन्त्री नारायण खड्काले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई कुनै पनि राजनीतिक पार्टीसँग आवद्ध नहुन आग्रह गरेका छन् ।

चितवनमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु आइतबार, असोज २८, २०८० नारायणगढ–मुग्लिन सडकखण्डमा स्कुटर दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको लिशङ्खुपाखर गाउँपालिका वडा नं ६ बस्ने २४ वर्षीया संगीता भण्डारी रहेकी छिन् ।