
दसैँका बेला शिक्षकको तलब रोकियो आइतबार, असोज २८, २०८० शुक्लाफाँटा नगरपालिकाको आन्तरिक किचलोका कारण निजी स्रोतका शिक्षकको तलब रोकिएको छ । दसैँका बेला तलब थाप्न नपाएपछि उनीहरु निराश बनेका छन् ।यसैबीच दसैँका बेला बेखर्ची भएका निजी स्रोतका शिक्षकलाई दीपनगर आधारभूत विद्यालयका प्रधानाध्यापक धर्मा भण्डारीले आफ्नै तलब बापतको रकम वितरण गरेका छन् ।

पाल्पा निस्दीको ज्यामिरेमा विद्युत् पुग्यो आइतबार, असोज २८, २०८० पाल्पाको निस्दी गाउँपालिका–७ मा विद्युत् पुगेको छ । वर्षौंदेखि विद्युत् सेवाका पर्खाइमा रहेका स्थानीय केन्द्रीय प्रसारणलाइन पुगेपछि खुसी भएका छन् ।

आज विश्व हात धुने दिवस आइतबार, असोज २८, २०८० आज विश्व हात धुने दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आइएको छ । साबुनपानीले मिचीमिची हात धुने बानीले श्वासप्रश्वास जन्य एवं निमोनिया सङ्क्रमण तथा झाडापखालामा कमी ल्याउन र जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य विभिन्न...

आजदेखि बडादसैँ सुरु, बिहान ११:२९ मा घटस्थापनाको उत्तम साइत आइतबार, असोज २८, २०८० आजदेखि नवरात्र प्रारम्भ भएको छ । नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि बडा दसैँ सुरु भएको मानिन्छ । आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

थारू समुदायले ‘यमोसा’ पर्व मनाउँदै शनिबार, असोज २७, २०८० नवलपुर र चितवनका थारू समुदायले आज यमोसा पर्व धुमधामका साथ मनाउदैछन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुर र चितवनका मूल आदिवासी थारू समुदायले सांस्कृतिक र धार्मिक रुपमा मनाउँदै आएको मौलिक पर्व यमोसा अर्थात् पितृ औँसी धुमधामसँग मनाउँछन् ।
चिसो बढ्न थालेको हो? शनिबार, असोज २७, २०८० नेपालका धेरैजसो स्थानबाट मनसुन बाहिरिएसँगै वर्षा हुने क्रम ह्वात्तै घटेको छ । बरु काठमाडौै उपत्यकालगायत स्थानमा बिहान, बेलुका चिसो महसुस हुन थालेको छ । मौसमविद् गङ्गा नगरकोटीका अनुसार बिस्तारै चिसो बढ्ने क्रम सुरु भएको छ ।

ट्रकभित्रै नाबालिकामाथि जबर्जस्ती करणी शनिबार, असोज २७, २०८० पक्राउ पर्नेमा से १ ख १९७९ नम्बरको मिनी ट्रकका चालक मेलौली नगरपालिका-७ का २८ वर्षीय महेश ओझा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । बिहीबार महेन्द्रनगरबाट बैतडीको मेलौलीतर्फ आउँदै गरेको उक्त ट्रकमा पीडित नाबालिका अत्तरियाबाट बसेकी थिइन्।

तीनकुने सामूहिक हत्या घटनाका आरोपितलाई गोलघरमा राखियो शनिबार, असोज २७, २०८० तीनकुने सामूहिक हत्याकाण्डमा पुर्पक्षका लागि थुनामा पठाइएका सञ्जय भण्डारीले गोलघरमा राखिएको छ । सुरक्षा चुनौती भएकाले उनलाई सिधै गोलघरमा राखिएको केन्द्रीय कारागारका जेलर ललित बस्नेतले जानकारी दिए ।

मणिपाल अस्पतालका डाक्टर कुट्ने २ जना कारागार चलान, ७ जना धरौटीमा रिहा शुक्रबार, असोज २६, २०८० पोखराको मणिपाल शिक्षण अस्पतालका डाक्टरमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका २ जना कारागार चलान भएका छन् । ७ जना धरौटीमा रिहा भएका छन् । सो समूहले असोज ८ गते अस्पतालमासमेत तोडफोड गरेको थियो । घटना भएकै दिन प्रहरीले विनय गुरुङ र असोज १२ गते सुशील कार्कीलाई पक्राउ गरेको थियो ।...

सुन तस्करी अभियोग : राहुल महरालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश शुक्रबार, असोज २६, २०८० विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याएको करिब ९ केजी सुन तस्करी अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुललाई पुर्पक्षका लागि कारागार चलान गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

दश नेपाली विद्यार्थीको शव पठाउन इजरायल सरकारले प्रक्रिया थालेको छ : दूतावास शुक्रबार, असोज २६, २०८० इजरायलस्थित नेपाली दूतावासले हमासकाे आक्रमणमा मृत्यु भएका दश जना नेपालीको शव नेपाल पठाउन इजरायल सरकारले आवश्यक प्रक्रिया सुरु गरेको जानकारी दिएको छ ।शुक्रबार एक विज्ञप्ति जारी गर्दै दूतावासले मृत्यु भएका दश नेपाली विद्यार्थीको शवसम्बन्धी कार्य इजरायल सरकारको नियम तथा प्रकृयाबमोजिम इजरायलका सम्बन्धित निकायबाट भइरहेको जनाएको छ ।

गैरीगाउँमा चार जनाको हत्या अभियुक्त भण्डारी पुर्पक्षका लागि कारागार चलान शुक्रबार, असोज २६, २०८० काठमाडौंको तीनकुनेस्थित गैरीगाउँ दिव्य सःमिलमा चार जनाको हत्याका अभियुक्त सञ्जय भण्डारी कारागार चलान भएका छन् ।सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका–९ का २३ वर्षीय भण्डारीले गत भदौ २९ गते राति चार जनाको हत्या गरेका थिए ।शुक्रबार काठमाडौं जिल्ला अदालतले भण्डारीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।