स्रोत नखुलेको रकमसहित एक पक्राउबिहीबार, असोज २५, २०८०

‘प्रहरी हुँ’ भन्दै रकम लुट्ने दुई पक्राउ बिहीबार, असोज २५, २०८० आफूलाई प्रहरी बताउँदै लुटपाटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।विराटनगर महानगरपालिका–१ पानीट्यांकीका ३८ वर्षीय दीपक तामाङ र विराटनगर ४ का ३६ वर्षीय सुनिल थापालाई प्रहरीले पक्राउ गरेको हो ।

बिहीबार हेर्नुहोस् तपाईंको राशिफल बिहीबार, असोज २५, २०८० असोज २५ गते बिहीबार । असोज कृष्ण त्रयोदशी तिथि । पञ्चाङ्ग शुक्ल गर पूर्व । प्रदोष व्रत । त्रयोदशी श्राद्ध । गैरआवासीय नेपाली दिवस । विश्व दृष्टि दिवस । राशिफल ।

बझाङमा भूकम्पको धक्का बिहीबार, असोज २५, २०८० बझाङमा गएराति भूकम्प गएको छ । १२ बजेर २२ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । असोज १६ गते बझाङ केन्द्र बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा एक महिलाको मृत्यु भएको थियो ।

सञ्जय भण्डारीलाई जन्मकैदको सजाय रायसहित प्रहरीले बुझायो प्रतिवेदन बुधबार, असोज २४, २०८० काठमाडौं महानगरपालिका–३२ तीनकुनेस्थित गैरीगाउँमा रहेको दिव्य समिलमा गत भदौ २९ गते राति भएको चार जनाको हत्या प्रकरणको अनुसन्धान सकिएको छ । अनुसन्धान सकेर प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।व्यक्तिगत प्रतिशोध (रिसिबी) का कारण हत्या भएको भनिएको उक्त प्रकरणमा प्रहरीले विविध प्रविधिको परीक्षण गरेर अनुसन्धान प्रतिवेदन...
हत्या आरोपित १९ वर्षपछि पक्राउ बुधबार, असोज २४, २०८० कर्तव्य ज्यान मुद्दामा फरार आरोपी १९ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२८ मेघौलीका ४३ वर्षीय कृष्ण भनिने तोयानाथ चापागाईं रहेकाे जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डित जानकारी दिए ।

सिक्किमको बाढीमा बेपत्ता नेपालीको खोजीका लागि पहल गरिदिन भारतीय पक्षलाई आग्रह बुधबार, असोज २४, २०८० एक हप्ताअघि सिक्किमको टिस्टा नदीमा आएको बाढीपछि बेपत्ता भएका १० जना नेपालीको खोजीका लागि पहल गरिदिन भारतीय पक्षसँग आग्रह गरिएको छ । असोज १७ गतेको बाढीमा परी इलामका १० जना बेपत्ता भएको उनीहरुका आफन्तले बताएका छन् ।

आज असोज २४ गते, कुन राशिबाट कस्तो लाभ ? बुधबार, असोज २४, २०८० असोज २४ गते बुधबार । असोज कृष्ण द्वादशी तिथि । पञ्चाङ्ग शुभ तैतल मघा । द्वादशी श्राद्ध । तपाईंको राशिफल हेर्नुहोस् ।

टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलावासीलाई सास्ती बुधबार, असोज २४, २०८० टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोला–१ किमाथाङ्काबाहेक सबै वडामा सम्पर्कविच्छेद भएको छ । गत असोज १७ राति परेको चट्याङले मकालु–५ भाटभटेनीडाडाँको टावरको जेनेरेटर र ट्रान्सफर्मरमा क्षति पुर्याएको छ । उच्च हिमाल क्षेत्रमा हावाहुरी र चट्याङ पर्ने भएका कारण बेला–बेला टावरमा समस्या आउने गरेको छ ।

गजुरीका पहिरो विस्थापित चार वर्षदेखि त्रिपालकै भरमा मंगलबार, असोज २३, २०८० गजुरी गाउँपालिका–२, चामबासका पहिरो विस्थापित चार वर्षदेखि त्रिपालकै भरमा छन् । विस्थापित भएदेखि नै विभिन्न आश्वासनमा रहेका उनीहरु अब भने सहयोगको आशा मारिसकेका छन् ।वि.सं.२०७६ साउन ५ गते धादिङको गजुरी गाउँपालिका–२, चामबास गाउँ नै पहिरोमा पर्यो । जमिन चिरा पर्यो । घर र वस्तुभाउ बाँध्ने गोठहरु पनि भत्किए ।...

घरपालुवा कुकुरलाई सार्वजनिकस्थलमा शौच गराए एक हजार जरिवाना मंगलबार, असोज २३, २०८० घरपालुवा कुकुरलाई जथाभावी दिशा–पिसाब गराउने कुकुरधनीलाई पोखरा महानगरले कारबाही गर्ने भएको छ ।सार्वजनिकस्थल, सडक तथा खुला स्थानमा कुकुरलाई शौच गराएको पाइएमा फोहाेरमैला व्यवस्थापन नियमावलीअनुसार कारबाही गरिने महानगरको सरसफाइ शाखाका प्रमुख कल्पना बरालले बताइन् ।

जाजरकोटमा अरिंगालले टोकेर दुई बालिकाको मृत्यु मंगलबार, असोज २३, २०८० कुशे गाउँपालिका–१ धाउनीमा अरिंगालले टोकेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरबहादुर सिंहको छोरीद्वय नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता छन् ।

काठमाडौं महानगरले सुरु गर्यो कुकुर र बिरालोलाई बन्ध्याकरण र खोप लगाउने कार्यक्रम मंगलबार, असोज २३, २०८० काठमाडौं महानगरपालिकाले कुकुर र बिरालोलाई बस्न उचित वातावरण तयार पार्ने कार्यक्रम सञ्चालन गर्ने भएको छ ।मंगलबार समाजिक सञ्जालमार्फत काठमाडौं महानगरपालिकाको प्रमुख बालेन साहले चुनाब बेला घरदैलो गर्दा होस् वा कलसेन्टरमा गुनासो काठमाडौंको मुख्य समस्या मध्य कुकुर व्यवस्थापन पनि रहेको बताएका हुन् ।