स्रोत नखुलेको रकमसहित एक पक्राउ

कास्की— पोखरा महानगरपालिका–१९ लामाचौर हवल्दार चौताराबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित एक जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१९ गैराबारी बस्दै आएका पर्वत जलजला गाउँपालिका–६ सालिजा घर भएका ३२ वर्षीय धनबहादुर पुर्जा मगर छन् ।
उनलाई ९ लाख ९५ हजार नेपाली रुपैयाँ र ४७ हजार ५ सय भारतीय रुपैयाँसहित सीआरभी लामाचौरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८० १३:३४