आज इन्दिरा एकादशी व्रत, तपाईंको राशिफल हेर्नुहोस्मंगलबार, असोज २३, २०८०

आज राष्ट्रिय शोक, झन्डा आधा झुकाइने मंगलबार, असोज २३, २०८० इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपालीको सम्मानमा सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै मङ्गलबारका लागि राष्ट्रिय शोकको घोषणा गर्ने निर्णय गरेको थियो ।

मनसुनी वायुको आंशिक प्रभाव बाँकी, यी पाँच प्रदेशमा वर्षाको सम्भावना मंगलबार, असोज २३, २०८० कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कोशी प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भूभागमा आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहेको छ ।

इजरायलमा रहेका २०० बढीले घर फर्किन नाम टिपाए, सम्पर्कविहीन एक जनाको खोजी जारी सोमबार, असोज २२, २०८० घाइते चारजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको तथा दुई जनालाई तेल अबिबमा सुरक्षित राखिएको छ । दूतावासले जारी गरेको विज्ञप्तिअनुसार प्रहरी, अस्पताललगायत उपलब्ध स्थानीय संयन्त्रको सहयोगमा सम्पर्कविहीन भएका एकजना नेपालीको खोजीलाई तीव्र गतिमा अघि बढाइएको जनाएको छ ।
![इजरायलमा ३२ नेपालीलाई सुरक्षित ठाउँमा सारियो [विवरणसहित]](https://newsgriha.com/uploads/posts/520X390/Gaza-City-1696850639.jpg)
इजरायलमा ३२ नेपालीलाई सुरक्षित ठाउँमा सारियो [विवरणसहित] सोमबार, असोज २२, २०८० इजरायलमा प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणका कारण अलपत्र परेका ३२ जना नेपालीलाई उद्धार गरी इजरायली सेनाले सुरक्षित स्थानमा लगेको छ । उद्धार गरिएकाहरूलाई इजरायली सेनाले नेपाली दूतावास रहेको तेलअबिब क्षेत्रमा लगेको छ ।

इजरायल घटनापछि नेपाल प्रहरीले बढायो सुरक्षा सतर्कता, अप्रिय गतिविधि हुन नदिन निमित्त प्रहरी प्रमुखको निर्देशन सोमबार, असोज २२, २०८० इजरायलमा हमासको आक्रमणमा परेर १० जना नेपाली मारिएपछि नेपालमा उत्पन्न हुनसक्ने परिस्थितिप्रति नेपाल प्रहरीले समीक्षा गरेको छ । निर्दोष नेपाली विद्यार्थीको मृत्यु र घाइते भएको घटनापछि नेपालमा आक्रोश बढ्न सक्ने आकल सहित अप्रिय गतिविधि हुन नदिन प्रहरीले सतर्कता बढाएको हो ।

निसिखोला गाउँपालिका अध्यक्ष लागुऔषध मुद्दामा दोषी ठहर सोमबार, असोज २२, २०८० गाँजा मुद्दामा दोषी ठहर भएका निसिखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीको मुद्दामा उच्च अदालत पोखरा, बाग्लुङ इजलासले जिल्ला अदालत बाग्लुङको फैसलालाई नै सदर गरेको छ ।

सुदूरपश्चिम सरकारले इजरायलमा मृत्यु हुने विद्यार्थीका परिवारलाई जनही २ लाख दिने सोमबार, असोज २२, २०८० सुदूरपश्चिम प्रदेश सरकारले इजरायलमा जारी हिंसात्मक आक्रमणमा परी मृत्यु भएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई जनही २ लाख दिने घोषणा गरेको छ ।सोमबार मुख्यमन्त्री कमलबहादुर शाहले विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई प्रदेश सरकारले सहयोग गर्ने घोषणा गरेका हुन् । मुख्यमन्त्री शाहले शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् ।

रामपुरमा डोजर पुरिँदा चालकको मृत्यु सोमबार, असोज २२, २०८० पाल्पाको रामपुरमा बाटो मर्मत गर्ने क्रममा सुक्खा पहिरोले डोजर पुरिँदा चालकको मृत्यु भएको छ ।

भन्सार छलीको तीन लाख बराबरको सामान बरामद सोमबार, असोज २२, २०८० भन्सार छली गरी ल्याइएको तीन लाख रुपैयाँ मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको छ ।

सोमबार यस्तो छ तपाईंको राशिफल सोमबार, असोज २२, २०८० असोज २२ गते सोमबार । असोज कृष्ण दशमी तिथि । पञ्चाङ्ग सिद्ध विष्टि । भद्रा अश्लेषा । विश्व हुलाक दिवस । यस्तो छ राशिफल ।

इजरायल घटनामा मृत्यु भएकाको शव पहिचान गरि स्वदेश ल्याइने सोमबार, असोज २२, २०८० परराष्ट्र मन्त्रालयले इजरायल घटनाका मृतकहरूको शव पहिचान गर्ने कार्य अन्तिम चरणमा रहेको बताएको छ । इजरायल घटनाका सम्बन्धमा परराष्ट्र मन्त्रालयको विज्ञप्ति जारी गर्दै मृतकहरूको शव पहिचानको गर्ने कार्य अन्तिम चरणमा रहेको जनाएको हो । मृतकहरूको शव पहिचान गरी तत्काल नेपाल ल्याउन एवं घाइतेहरूको उद्दार र उचित उपचारको प्रबन्ध गर्न इजरायल...
दसैँका लागि अग्रिम टिकट बुकिङ खुला सोमबार, असोज २२, २०८० यातायात व्यवसायी राष्ट्रिय महासङ्घका उपाध्यक्ष सरोज सिटौलाले आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको बताएका छन् । गत शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच छलफलमा सहमति भएपछि आजदेखि बुकिङ खुला गरिएको हो । दसैँको अवधिमा काठमाडौं उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने अनुमान छ ।