News Griha :: न्यूजगृह
मुगुका आगलागी पीडितले पाए राहत
मुगुका आगलागी पीडितले पाए राहत छायानाथ रारा नगरपालिका—१ गमगढी बजारमा केही दिन पहिला भएको आगलागी पीडितले राहत पाएका छन् ।
असोज २० गते शनिबारकाे राशिफल
असोज २० गते शनिबारकाे राशिफल असोज २० गते शनिबार । असोज कृष्ण अष्टमी तिथि । पञ्चाङ्ग शिव कौलव पुनर्वसु । जितिया पर्व (पर्व मनाउने महिला कर्मचारीलाई मात्र बिदा) । नवमी श्राद्ध । यस दिनमा तपाईंको राशिफल हेर्नुहोस् । 
६१ किलो सुन तस्करी प्रकरण : पक्राउ परेका २५ जना थुनामा
६१ किलो सुन तस्करी प्रकरण : पक्राउ परेका २५ जना थुनामा जिल्ला अदालत काठमाडौंले ६१ किलो सुन तस्करीको आरोपमा पक्राउ परेकाहरुमध्ये १ जना बाहेक सबैलाई थुनामा पठाउन आदेश दिएको छ । जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले रूक्मिना सुब्बालाई भने ५ लाख धरौटी लिएर छाड्न आदेश दिएको जिल्ला अदालत काठमाडौंका प्रवक्ता दिपक दाहालले जानकारी दिए ।
उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने श्रेष्ठलाई थुनामा पठाउन आदेश
उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने श्रेष्ठलाई थुनामा पठाउन आदेश जिल्ला अदालत काठमाडौंले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेमध्येका सयुज श्रेष्ठलाई मुद्दाको टुंगो नलागुन्जेल थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासको एकल इजलासले श्रेष्ठको धरौटी अस्वीकार गरी उनलाई थुनामै पठाउन आदेश गरेको हो । श्रेष्ठ यसअघि नै साधारण तारेखमा छुटेका थिए । उच्च अदालतले उनलाई ५...
दसैँका लागि आगामी सोमबारदेखि अग्रिम टिकट बुकिङ
दसैँका लागि आगामी सोमबारदेखि अग्रिम टिकट बुकिङ शुक्रबार यातायात व्यवस्था विभागमा बसेको सरोकारवाला निकाय ट्राफिक प्रहरी, विभागका कर्मचारी, यातायात व्यवसायीहरूको संयुक्त बैठकले असोज २२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो ।
रिगलको कैद मिनाहा कानुन विपरीत : मानवअधिकार आयोगको 
रिगलको कैद मिनाहा कानुन विपरीत : मानवअधिकार आयोगको  आयोगका अध्यक्ष तपबहादुर मगरले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेखेर रिगलको कैद मिनाहा मुलुकी फौजदारी कार्यविधि संहिता र मानव अधिकारको मूल्य मान्यता विपरीत भएको बताएका हुन् ।
खाँडादेवी मन्दिरको ढोका फुटाएर दान पेटिकाको रकम चोरी गर्ने पक्राउ
खाँडादेवी मन्दिरको ढोका फुटाएर दान पेटिकाको रकम चोरी गर्ने पक्राउ खाँडादेवी मन्दिरको दान पेटिकाको रकम चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।बिहीबार बिहान २ः३० बजेतिर रामेछापको खाँडादेवी गाउँपालिका–७ मा रहेको खाँदेवी मन्दिरको ढोका फुटाइ मन्दिरभित्र रहेका दुई वटा दान पेटिका फुटाइ दान पेटिकामा रहेको रकम चोरी गरी भागेका काभ्रेको खानिखोला गाउँपालिका–७ का २९ वर्षीय रविन खुलाललाई प्रहरीले...
बर्दियामा पोथी गैँडा मृत फेला
बर्दियामा पोथी गैँडा मृत फेला र्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको एउटा पोथी गैँडा मृत फेला परेको छ । 
रुसी सेनामा भर्ती भएका नेपाली युवाको मृत्यु भएको कांग्रेस सांसदको दाबी
रुसी सेनामा भर्ती भएका नेपाली युवाको मृत्यु भएको कांग्रेस सांसदको दाबी नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाँईले रुसी सेनामा भर्ती भएका नेपाली युवाको मृत्यु भएको दाबी गरेका छन् ।
सडक सुरक्षा सबैको दायित्व : उपमेयर डंगाेल
सडक सुरक्षा सबैको दायित्व : उपमेयर डंगाेल काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सडक सुरक्षा सबैको दायित्वको विषय भएको बताएकी छिन् ।
कलाकार मनोज गजुरेल भन्छन्— कानुन परिवर्तन गरेर भीआईपीको सवारी सुधार गर्नुपर्छ
कलाकार मनोज गजुरेल भन्छन्— कानुन परिवर्तन गरेर भीआईपीको सवारी सुधार गर्नुपर्छ हास्य कलाकार मनोज गजुरेलले कानुन परिवर्तन गरेरै भए पनि भीआईपीको सवारीलाई सुधार गर्नुपर्ने बताएका छन् ।
नेपालगञ्जमा फेरि कर्फ्यु
नेपालगञ्जमा फेरि कर्फ्यु नेपालगञ्जमा फेरि कर्फ्यु लगाइएको छ । सामाजिक सञ्जालमा लेखिएको विषयलाई लिएर पुनः विवाद उत्पन्न भएपछि शुक्रबार जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना जारी गर्दै फेरि कर्फ्यु लगाइएको जानकारी दिएको हो । सञ्जालमा लेखिएको विषयलाई लिएर उत्पन्न विवादका कारण शुक्रबार बिहान ६ बजेदेखि राति ८ बजेसम्म नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रभित्र निषेधाज्ञा जारी...
Weather Update