News Griha :: न्यूजगृह
खाँडादेवी मन्दिरको ढोका फुटाएर दान पेटिकाको रकम चोरी गर्ने पक्राउ

रामेछाप— खाँडादेवी मन्दिरको दान पेटिकाको रकम चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार बिहान २ः३० बजेतिर रामेछापको खाँडादेवी गाउँपालिका–७ मा रहेको खाँदेवी मन्दिरको ढोका फुटाइ मन्दिरभित्र रहेका दुई वटा दान पेटिका फुटाइ दान पेटिकामा रहेको रकम चोरी गरी भागेका काभ्रेको खानिखोला गाउँपालिका–७ का २९ वर्षीय रविन खुलाललाई प्रहरीले पक्राउ गरेको हो ।

मन्दिरबाट पैसा चोरेर भागेको सूचना पाउनासाथ तत्काल प्रहरीले अनुसन्धान गर्दा खुलाल पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

खुलालाई खोज तलास गर्दै जाने क्रममा खाँडादेवी गाउँपालिका–३ सित्खा बजार नजिक रहेको सुनकोसी नदिको झोलुङ्गे पुलबाट बिहीबार दिउँसो पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले जनाकारी दिए । 

खुलाललाई चोरी भएको रकम सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रामेछापमा ल्याई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चोरी गरेको रकम ५९ हजार ६ सय २० रुपैयाँ फेला परेको खाँडादेवी गाउँपालिका–३ का वडा अध्यक्ष पुष्कर कार्कीले जानकारी दिए । 
 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  १३:२८
Weather Update