मुगुका आगलागी पीडितले पाए राहत

मुगु— छायानाथ रारा नगरपालिका—१ गमगढी बजारमा केही दिन पहिला भएको आगलागी पीडितले राहत पाएका छन् ।
उनीहरूलाई नेपाल रेडक्रस सोसाइटी मुगु जिल्ला शाखाबाट नगद तथा स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।
आगलागीबाट प्रभावित ३१ परिवारका लागि तत्काल आवश्यक सामग्री खरिदका गर्न प्रतिपरिवार १५ हजार रुपैयाँका दरले नगद वितरण गरिएको शाखाका सभापति जयबहादुर मल्लले जानकारी दिए ।
आगलागीबाट प्रभावित ४७ जना बालबालिकाका लागि स्कुल कपडा, स्टेशनरीसामानको तत्काल खरिद गरी पठनपाठनमा सञ्चालन गर्न प्रतिविद्यार्थी ३ हजार रुपैयाँ वितरण गरिएको छ ।
प्रकाशित मिति: शनिबार, असोज २०, २०८० ०९:०६