News Griha :: न्यूजगृह
कलाकार मनोज गजुरेल भन्छन्— कानुन परिवर्तन गरेर भीआईपीको सवारी सुधार गर्नुपर्छ

काठमाडौं— हास्य कलाकार मनोज गजुरेलले कानुन परिवर्तन गरेरै भए पनि भीआईपीको सवारीलाई सुधार गर्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह २०८० समापन कार्यक्रममा उनले नियम कानुनले मिल्दैन भने पनि मिलाउनु पर्ने बताए ।

उनले भने,‘नियम कानुन परिवर्तन गरेरै भए पनि भीआईपीको सवारीलाई सपार्नुपर्छ । नियम कानुन कुनै धर्मग्रन्थ होइन । पहिले पहिले भीआईपी भनेको भेरी इम्पोरटेन्ट पर्सन थियो अहिले भेरी इर्रिटेटिंग पर्सन भएका छन् ।’

सडक जाम हुनुमा भीआईपीको दोष नभइ सवारीको दोष भएको उनको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  ०९:५८
Weather Update