News Griha :: न्यूजगृह
बझाङ भूकम्पमा घाइतेको उपचार खर्च प्रदेश सरकारले बेहाेर्ने
बझाङ भूकम्पमा घाइतेको उपचार खर्च प्रदेश सरकारले बेहाेर्ने सुदूरपश्चिम प्रदेश सरकारले भूकम्पबाट प्रभावित भई घाइते भएकाको उपचार खर्च बेहोर्ने भएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा बुधबार बसेको सर्वपक्षीय बैठकमा भूकम्पबाट प्रभावितको उद्धार कार्यलाई प्रभावकारी बनाउँदै प्रभावितलाई तत्काल एकद्वार प्रणालीबाट राहत सामग्री वितरण गर्ने निर्णय भएको छ ।
बाग्लुङमा फोन गर्न दुई घण्टा हिँडेर अग्लोडाँडा जानुपर्ने बाध्यता हट्यो
बाग्लुङमा फोन गर्न दुई घण्टा हिँडेर अग्लोडाँडा जानुपर्ने बाध्यता हट्यो ‘फोन गर्न दुई घण्टा हिँडेर अग्लो डाँडामा पुग्नुपर्थ्यो, अहिले त घरगोठभित्रै फोनले काम गर्न थालेको छ,हामीहरुलाई जुनी फेरिए झैँ लागेको छ,’सात वर्षदेखि मोबाइल चलाउन थालेका निसीखोला गाउँपालिका–५ निसेलढोरका वीरबहादुर घर्ती मगरले भने ।
नयाँ बसपार्कको बर्गर हाउसमा बन्धक बनाएको आरोपमा दुई पक्राउ
नयाँ बसपार्कको बर्गर हाउसमा बन्धक बनाएको आरोपमा दुई पक्राउ काठमाडौं महानगरपालिका–२६ गोग‌बु नयाँ बसपार्क स्थित ‘द बर्गर हाउस’ मा एक जना युवकलाई अपहरण तथा बन्धक बनाई राखेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
११ किलो सुन प्रकरणमा थप एक चिनियाँ नागरिक पक्राउ
११ किलो सुन प्रकरणमा थप एक चिनियाँ नागरिक पक्राउ प्रहरीले ११ किलो सुन प्रकरणमा  थप एक जना चिनियाँ नागरिक पक्राउ गरेको छ ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुधबार दिउँसो एक जनालाई पक्राउ गरेको हो ।
खुकुरी देखाएर अराजक अभिव्यक्ति दिने धर्मगुरु श्रीनिवासलाई बिनासर्त रिहा गर्न साधुसन्तको माग
खुकुरी देखाएर अराजक अभिव्यक्ति दिने धर्मगुरु श्रीनिवासलाई बिनासर्त रिहा गर्न साधुसन्तको माग साधुसन्तले खुकुरी देखाएर अराजक अभिव्यक्ति दिने धर्मगुरु आचार्य श्रीनिवासलाई रिहा गर्न माग गरेका छन् ।विवादास्पद अभिव्यक्ति दिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले श्रीनिवासलाई मंगलबार सुनसरीको चक्रघट्टीबाट पक्राउ गरेको थियो । उनलाई जनकपुरधामका साधुसन्तहरूले तुरुन्त रिहा गर्न माग गरेका हुन् ।
गोरखामा आमाको नामबाट नागरिकता दिन सुरु
गोरखामा आमाको नामबाट नागरिकता दिन सुरु जिल्ला प्रशासन कार्यालय गोरखाले आमाको नामबाट वंशजका आधारमा नागरिकता दिन सुरु गरेको छ ।सो कार्यालयले मंगलबार भीमसेन थापा गाउँपालिका–१, मसेलका १९ वर्षीय मन्जित बानियाँलाई आमाका नामबाट वंशजका आधारमा नागरिकता प्रदान गरी जिल्लामा पहिलोपटक आमाको नामबाट नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए ।
सबै मिलेर बसेको देशमा सामाजिक सद्भाव खलबलिने काम नगरौं : माधव नेपाल
सबै मिलेर बसेको देशमा सामाजिक सद्भाव खलबलिने काम नगरौं : माधव नेपाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सामाजिक सद्भाव खलबलिने काममा नलाग्न सबैलाई अपिल गरेका छन् ।
मधेस प्रदेशका जिल्लाको सुरक्षा चुनौतीबारे गृहमन्त्री श्रेष्ठ छलफलमा
मधेस प्रदेशका जिल्लाको सुरक्षा चुनौतीबारे गृहमन्त्री श्रेष्ठ छलफलमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशको समसामयिक सुरक्षा चुनौतीबारे आठै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू र सबै सुरक्षा निकायका प्रदेश र जिल्ला प्रमुखहरूसँग रिपोर्टिङ लिइरहेका छन् ।महोत्तरीको बर्दिबासमा जारी अन्तरक्रियात्मक बैठकमा यतिबेला प्रमुख जिल्ला अधिकारीहरूले गृहमन्त्री श्रेष्ठलाई रिपोर्टिङ गरिरहेका छन् । यसपछि सुरक्षा निकायका प्रमुखहरूको रिपोर्टिङ सुनेपछि उपप्रधानमन्त्री श्रेष्ठले...
ट्रकको ठक्करबाट धादिङमा दुई स्कुले बालकको मृत्यु, पृथ्वीराजमार्ग बन्द
ट्रकको ठक्करबाट धादिङमा दुई स्कुले बालकको मृत्यु, पृथ्वीराजमार्ग बन्द सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको ट्रकको ठक्करबाट घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए ।  
बझाङ भूकम्प : एक जनाको मृत्यु, १३५ घर भत्किए [अपडेट]
बझाङ भूकम्प : एक जनाको मृत्यु, १३५ घर भत्किए [अपडेट] जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो । प्रहरी टोली घटनास्थलमा गएको छ ।
इन्द्रजात्रा हेर्न गएका किशोरको हत्यामा संलग्न चारजना पक्राउ 
इन्द्रजात्रा हेर्न गएका किशोरको हत्यामा संलग्न चारजना पक्राउ  इन्द्रजात्रा हेर्न सोमबार राति न्यूरोड गएका किशोरको हत्या भएको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । सोमबार राति साढे ११ बजे जात्रा हेर्न न्यूरोड पुगेका ओखलढुङ्गाको लिखु गाउँपालिका-४ घर भई क्षेत्रपाटी बस्दै आएका १७ वर्षीय सनी कार्कीको धारिलो हतियार प्रहारबाट हत्या भएको थियो ।  
दोलखामा प्रहरीले बरामद गरेको ११ किलो धातु सुन भएको पुष्टि, बजार मूल्य १० करोड १९ लाख बढी
दोलखामा प्रहरीले बरामद गरेको ११ किलो धातु सुन भएको पुष्टि, बजार मूल्य १० करोड १९ लाख बढी प्रहरीले विभिन्न समयमा बरामद गरेको सुन जस्तो देखिने ११ किलो धातु सुन नै भएको पुष्टि भएको छ । प्रहरीले विभिन्न ठाउँबाट बरामद गरी परीक्षणको लागि सुनचाँदी व्यवसायी संघ क्षेत्रपाटी, काठमाडौंमा पठाउँदा उक्त सुन जस्तो देखिने पहेँलो धातु सुन भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय दोलखको प्रमुख डीएसपी दीपक खड्काले जानकारी...
Weather Update