News Griha :: न्यूजगृह
बझाङ भूकम्प : एक जनाको मृत्यु, १३५ घर भत्किए [अपडेट]

काठमाडौं—  बझाङमा भूकम्पबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छन् । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर धामीको मृत्यु भएको हो । प्रहरी टोली घटनास्थलमा गएको छ ।

भूकम्पमा परेर घाइते भएकामध्ये ११ जना उपचारपछि घर फर्किएका छन् । अन्यको उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए । 

प्रहरीका अनुसार भूकम्पबाट बझाङमा एक सय ३५ संरचनामा क्षति पुगेको छ । प्रहरी निरीक्षक चौधरीका अनुसार थलारामा ६० घरमा क्षति पुगेको छ । केदारस्यूँमा एक, वित्थडचिरमा दुई तथा बुङ्गल नगरपालिकामा चार घर पूर्णरूपमा क्षति भएका छन् । जयपृथ्वी नगरपालिकामा ४१ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  ०८:४२
Weather Update