News Griha :: न्यूजगृह
आज मंगल चौथी व्रत, यस्तो छ तपाईंको राशिफल
आज मंगल चौथी व्रत, यस्तो छ तपाईंको राशिफल असोज १६ गते मंगलबार । असोज कृष्ण चतुर्थी तिथि । पञ्चाङ्ग बज्र बालव कृत्तिका । मंगल चौथी व्रत । पञ्चमी श्राद्ध । राशिफल हेर्नुहोस् ।
गोविन्द लिम्बूको हत्या घटनामा संलग्न ११ जना सार्वजनिक
गोविन्द लिम्बूको हत्या घटनामा संलग्न ११ जना सार्वजनिक दमकमा भएको एक हत्या प्रकरणमा संलग्न मुख्य आरोपितसहित ११ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । दमक नगरपालिका–१ स्थित रूवेल माछा फ्राईमा छुरा प्रहारबाट मृत्यु भएका इलामको चुलाचुली गाउँपालिका–३ का ३८ वर्षीय गोविन्द लिम्बूको हत्यामा संलग्न मुख्य आरोपित दमक–७ का २२ वर्षीय सनम राईसहित ११ जनालाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको...
आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा अवस्थित छ । साथै नेपालमा हाल भारतको दक्षिणपश्चिम बिहार र उत्तर छत्तीसगण आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव छ । जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान...
बौद्धिक अपांगता भएकी महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
बौद्धिक अपांगता भएकी महिलालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ बौद्धिक अपांगता भएकी ३१ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा गोरखा नगरपालिका– ४ का ४२ वर्षीय दीपकबहादुर बानियाँलाई प्रहरीले पक्राउ गरेको छ । भदौ २१ गते विवाह गर्छु भनी ललाइफकाइ जबर्जस्ती करणी गरेको भन्दै पीडितका आफन्तमार्फत जाहेरीका आधारमा आरोपितलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चितुवाको छालासहित पाँच जना पक्राउ
चितुवाको छालासहित पाँच जना पक्राउ केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले चितुवाको छालासहित ललितपुर महानगरपालिका-१५ बाट पाँच जनालाई आइतबार पक्राउ गरेको एसपी नवराज अधिकारीले जानकारी दिए ।
अख्तियार प्रतिवेदन : एक वर्षमा झण्डै २१ हजार उजुरी
अख्तियार प्रतिवेदन : एक वर्षमा झण्डै २१ हजार उजुरी आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपतिको कार्यालयमा सोमबार वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।  आयोगका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा एक सय ६२ मुद्दामा सात सय ६६ जनालाई प्रतिवादी बनाइ मुद्दा दायर गरिएको छ । प्रतिवादीमध्ये छ सय २२ जना पुरुष र एक सय ३८ महिला छन् । 
व्यक्तिगत र नेतृत्वको स्वार्थले जनताले आशा गरेअनुसार काम भएन : स्वास्थ्यमन्त्री बस्नेत
व्यक्तिगत र नेतृत्वको स्वार्थले जनताले आशा गरेअनुसार काम भएन : स्वास्थ्यमन्त्री बस्नेत स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले व्यक्तिगत र नेतृत्वको स्वार्थका कारण जनताले आशा गरेअनुसार काम पूरा हुन नसकेको बताएका छन् । 
गृहमन्त्री श्रेष्ठ भन्छन्— समृद्धिको बाटोमा लागिरहेका छौँ
गृहमन्त्री श्रेष्ठ भन्छन्— समृद्धिको बाटोमा लागिरहेका छौँ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासनका माध्यमबाट युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने वातावरण सिर्जना गर्ने बताएका छन् । 
नेशनल पेमेण्ट गेटवेमा भ्रष्टाचार, अख्तियारद्वारा यी नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
नेशनल पेमेण्ट गेटवेमा भ्रष्टाचार, अख्तियारद्वारा यी नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर अख्तियार दुरुपायोग अनुसन्धान आयोगले नेशनल पेमेण्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा सोमबार बहालवाला सचिवसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मरासिनीसहित नाै जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
शहरी संरचना निर्माणमै चुनौती छ : मन्त्री गुरुङ
शहरी संरचना निर्माणमै चुनौती छ : मन्त्री गुरुङ शहरी विकासमन्त्री सीता गुरुङले शहरी संरचना निर्माणमै ठूलो चुनौती रहेको बताएका छिन् । 
बहालवाला सचिवसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर 
बहालवाला सचिवसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर  अख्तियार दुरुपायोग अनुसन्धान आयोगले नेशनल पेमेण्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा बहालवाला सचिवसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे छ ।
काठमाडौंमा एक व्यक्तिमाथि चक्कु प्रहार 
काठमाडौंमा एक व्यक्तिमाथि चक्कु प्रहार  काठमाडौंको गौशालामा साेमबार एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले साजन हुसेन भन्ने व्यक्तिमाथि चक्कु प्रहार भएको न्यूजगृहलाई जानकारी दिए ।
Weather Update