News Griha :: न्यूजगृह
काठमाडौंमा एक व्यक्तिमाथि चक्कु प्रहार 

काठमाडौं— काठमाडौंको गौशालामा साेमबार एक व्यक्तिमाथि चक्कु प्रहार भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले साजन हुसेन भन्ने व्यक्तिमाथि चक्कु प्रहार भएको न्यूजगृहलाई जानकारी दिए ।

एससपी खत्रीका अनुसार हुसेन गौशालाको पिके डायग्नोस्टिक सेन्टर सञ्चालक हुन् । उनीमाथि चक्कु प्रहार भएको जानकारी पाएपछि प्रहरी पुग्दा घटनास्थलबाट एक थान पेस्तोल बरामद भएको खत्रीले जानकारी दिए ।

उनको भनाइमा चक्कु प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १३:२०
Weather Update