शहरी संरचना निर्माणमै चुनौती छ : मन्त्री गुरुङ

काठमाडौं— शहरी विकासमन्त्री सीता गुरुङले शहरी संरचना निर्माणमै ठूलो चुनौती रहेको बताएका छिन् ।
विश्व बसोबास दिवस २०८० को अवसरमा आयोजित कार्यक्रममा उनले शहर व्यवस्थित गर्न र संरचना निर्माणका लागि प्राथमिकता छनोटमा नै मुख्य चुनौती सामना गर्नु परिरहेको बताइन् ।
‘शहरलाई कसरी व्यवस्थित गर्ने र संरचनामा बनाउने भन्ने कुरा मुख्य चुनौतीको रुपमा छ । अहिलेको मुख्य समस्या भनेको सबै पालिकामा शहर निमार्ण र बस्ती विकास के हो भन्ने कुरालाई लिएर जानसक्यो भने मात्रै हामीले समृद्ध शहरसँगै उत्पादनसँग जोडिने शहरहरु भन्ने कुरा त्यहाँ पुग्छ होला जस्तो लागेको छ । आगामी दिनमा यो विषयमा केन्द्रित हुने हो भने अलि बढि फाइदा लिन सक्छौ,’उनले भनिन् ।
उनले शहरी विकास मन्त्रालयले नीति बनाएरै व्यवस्थित शहर निमार्णको कोसिस गरिहेको बताइन् ।
प्रकाशित मिति: सोमबार, असोज १५, २०८० १४:३७