इजरायलबाट नेपाल फर्किन चाहनेलाई सरकारले ल्याउनेसोमबार, असोज २२, २०८०

इजरायलमा अलपत्र परेका नेपालीको सहयोगका लागि सरकारले तोक्यो सम्पर्क व्यक्ति आइतबार, असोज २१, २०८० सरकारले इजरायलमा अलपत्र परेका नेपालीको सहयोगका लागि सम्पर्क व्यक्ति तोकेको छ । परराष्ट्र मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै इजरायलमा अलपत्र परेका नेपालीहरूको आवश्यक जानकारी, सहयोग र सहजिकरणको लागि सम्पर्क व्यक्ति तोकेको हो ।

हमासको आक्रमणबाट इजरायलमा रहेका १० नेपाली विद्यार्थीको मृत्यु आइतबार, असोज २१, २०८० दक्षिणी इजरायलको अहर्जेलियामा रहेका १० नेपालीको मृत्यु भएको इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले न्यूजगृहसँग कुरागर्दै पुष्टि गरिन् । मृतक सबै विद्यार्थी हुन् । उनीहरू 'लर्न एन्ड अर्न' कार्यक्रमअन्तर्गत कृषि फार्ममा काम गर्न इजरायल पुगेका थिए ।

पूर्वसभामुख महराका छोरा राहुलसहित ३ जनाविरुद्ध मुद्दा चलाउन सीआईबीको सिफारिस आइतबार, असोज २१, २०८० नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विद्युतीय चुरोट (भेप) मा लुकाएर सुन तस्करी गरेको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुलसहित ३ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको छ ।

चलचित्र निर्देशक सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी आइतबार, असोज २१, २०८० चलचित्र निर्देशक सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।थापाविरुद्ध चलचित्र ‘प्रसाद २’ को आपराधिक विश्वासघात आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी परेपछि पक्राउ पुर्जी जारी गरिएको हो ।

झलनाथ खनाल प्रतिष्ठानको सर्पपालन कार्यक्रममा अनियमितता, ७ जनाविरुद्ध मुद्दा आइतबार, असोज २१, २०८० नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस) का सम्मानित नेता झलनाथ खनालको नाममा रहेको ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’अन्तर्गत सञ्चालित सर्पपालन कार्यक्रममा आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

भारतीय पर्यटक भन्छन्— पोखरा अद्भुत सहर आइतबार, असोज २१, २०८० पर्यटकीय मौसम सुरु भएसँगै यतिबेला पोखरा लेकसाइडको सडकमा भारतीय पर्यटकको चहलपहल बढ्दै गएको छ ।पोखराका विभिन्न पर्यटकीय गन्तव्यसँगै मुक्तिनाथको यात्रामा आएका भारतीय पर्यटकहरुको चहलपहलले अहिले लेकसाइडमा पर्यटकीय मौसमको आभास दिलाइरहेको छ ।फेवातालको बाराही मन्दिरको दर्शनपश्चात् पोखरा घुम्न आएका भारत चेन्नईका व्यापारी विजय श्रीवास्तवले पोखरा अद्भुत सहर भएको बताए...

ट्रकमा सालका कडी ढुवानी गर्दागर्दै ३ पक्राउ आइतबार, असोज २१, २०८० कैलालीको गोदावरी नगरपालिका–८ सूर्योदय सामुदायिक वन क्षेत्रबाट १ सय ७ थान सालको कडीसहित ३ जना पक्राउ परेका छन् ।

इजरायल घटनापछि सम्पर्कविहीन ३ नेपालीको खोजी जारी आइतबार, असोज २१, २०८० इजरायलमा भएको आतङ्कवादी आक्रमणको गैर आवासीय नेपाली सङ्घले भर्त्सना गरेको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै इजरायल सरकारप्रति ऐक्यबद्धता जनाएको हो ।

आज असोज कृष्ण नवमी तिथि, कुन राशि हुनेलाई कस्तो लाभ ? आइतबार, असोज २१, २०८० असोज २१ गते आइतबार । असोज कृष्ण नवमी तिथि । पञ्चाङ्ग शिव गर पुष्य । दशमी श्राद्ध । तपाईंको राशिफल हेर्नुहोस् ।

वर्षाले धानबालीमा क्षति, किसान चिन्तामा आइतबार, असोज २१, २०८० धान थन्क्याउने समयमा पानी पर्दा दुई प्रतिशतको हाराहारीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र चितवनका कृषि अधिकृत उमराज अर्यालले जानकारी दिए । 'अहिले नै पानीले त्यति ठूलो क्षति पुर्याएको छैन,' उनले भने, 'अझै केही दिन पानी पर्ने हो भने यहाँ समस्या हुन्छ ।' उनका अनुसार चितवनमा एक सातापछि अधिकांश स्थानमा लगाएको...

आजदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन, कहाँ कहाँ छन् बिक्री केन्द्र ? आइतबार, असोज २१, २०८० सरकारले दसैँ, तिहार, छठलगायत ठूला चाडपर्वमा नागरिकलाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आइतबारदेखि देशभर सुपथ मूल्य पसल सञ्चालन गर्दैछ । सरकारी स्वामित्वका खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट्र ट्रेडिङ तथा दुग्ध विकास संस्थानले आगामी मङ्सिर ३ गतेसम्म सहुलियत पसल सञ्चालनमा गर्नेछन् ।

नेपालबाट मनसुन बाहिरियो शनिबार, असोज २०, २०८० महाशाखाले शुक्रबार राति विशेष मौसम बुलेटिन निकालेर नेपालबाट मनसुन बहिर्गमन सुरु भएको जनाएको हो । महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिन अझै केही दिन लाग्नेछ । 'देशको पश्चिम भेग भएर शुक्रबारबाट मनसुन बाहिरिन सुरु भएको छ । बाँकी भेगमा मनसुन कायमै रहेकाले आगामी तीन दिन हल्कादेखि...