News Griha :: न्यूजगृह
इजरायल घटनापछि सम्पर्कविहीन ३ नेपालीको खोजी जारी

काठमाडौं— इजरायलमा भएको आतङ्कवादी आक्रमणको गैर आवासीय नेपाली सङ्घले भर्त्सना गरेको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै इजरायल सरकारप्रति ऐक्यबद्धता जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, 'आक्रमणमा नेपालबाट इन्टर्नसिपको लागि त्यहाँस्थित सेदोट नेगेभ कृषि केन्द्रमा गएका ९ जना नेपाली घाइते भएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको इजरायलस्थित गैर आवासीय नेपाली सङ्घको राष्ट्रिय समन्वय परिषद् मार्फत हामीले जानकारी लिएका छौँ । हामीसँग सम्पर्कमा आएका सो केन्द्रका केही नेपालीका अनुसार त्यहाँ १७ जना नेपाली रहेका मध्ये ९ जना घाइते भएका हुन् । अन्य ५ जनाको सकुशल उद्धार भएको छ । ३ जना भने सम्पर्क विहीन छन् । आक्रमण प्रभावित नेपालीहरूको विस्तृत विवरण लिने प्रयास जारी छौँ ।'

नेपालीको सुरक्षा, र उद्धारका साथै घाइतेको उपचारका लागि गैर आवासीय नेपाली सङ्घले राजदूतावास र त्यहाँस्थित सक्रिय नेपाली सङ्घसंस्थाहरूसँग निरन्तर समन्वय गरिरहेको पनि सङ्घले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  ०७:४३
Weather Update