News Griha :: न्यूजगृह
आज राष्ट्रिय शोक, झन्डा आधा झुकाइने

काठमाडौं— इजरायल आक्रमणमा परी मृत्यु भएका १० नेपालीको सम्मानमा सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै मङ्गलबारका लागि राष्ट्रिय शोकको घोषणा गर्ने निर्णय गरेको थियो ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले भनिन्, ‘दिवंगत नेपालीप्रति सम्मान व्यक्त गर्न मंगलबार राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको हो ।’ 

उनका अनुसार परराष्ट्र मन्त्रालयले इजरायल सरकारसँग समन्वय गरी मृतकहरूको शव यथाशीघ्र ल्याउने तयारी छ ।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  ०६:४३
Weather Update