चितवनमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

चितवन— नारायणगढ–मुग्लिन सडकखण्डमा स्कुटर दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको लिशङ्खुपाखर गाउँपालिका वडा नं ६ बस्ने २४ वर्षीया संगीता भण्डारी रहेकी छिन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार इच्छाकामना गाउँपालिका वडा नं ६ नौकिलो नजिक बाप्र ०२०४६ प १६९२ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई पल्टिँदा चालक भण्डारीको मृत्यु भएको हो ।
आइतबार बिहान ७:४५ बजे दुर्घटना हुँदा भण्डारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतकको शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ ।
प्रकाशित मिति: आइतबार, असोज २८, २०८० ११:५३