क्रान्तिकारी कम्युनिस्ट पार्टीका प्रवक्ता बास्तोला पक्राउशुक्रबार, कात्तिक ३, २०८०

दसैँ मान्न घर फर्किनेको संख्या बढ्दो : २४ घण्टामा एक लाखले छोडे काठमाडौं शुक्रबार, कात्तिक ३, २०८० दसैँ मान्न पुर्ख्यौली थलो फर्किनेको संख्या दिनानु दिन बढ्न थालेको छ । काठमाडौंबाट बाहिर जाने नाकाहरूमा सवारी साधनको चाँप बढेको छ । दसैँ मान्न कर्मथलो छोडेर पुर्ख्यौली घर फर्किनेको संख्या घटस्थापनादेखि निरन्तर बढ्दो क्रममा छ ।

काठमाडौं छाड्नेको चाप बढ्यो, दैनिक तीन सय सवारीसाधन सञ्चालनमा, चाडपर्व लक्षित सुरक्षा योजना के छ? शुक्रबार, कात्तिक ३, २०८० नवरात्रको छैटौँ दिनसम्म आइपुग्दा दसैँमा गाउँघर फर्किने मानिसहरको ठूलो संख्या काठमाडौं उपत्यकाबाट धमाधम बाहिरिइरहेका छन् । उपत्यकाका सबै नाकाबाट विभिन्न जिल्ला जाने सवारीसाधन भरिभराउ देखिन्छन् ।

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग : जमिन भासिएको स्थानका प्रभावितलाई मासिक घर भाडा दिइने शुक्रबार, कात्तिक ३, २०८० नागढुङ्गा सुरुङमार्गको पूर्वी खण्डको बस्ती नजिक जमिन भासिएको स्थानका पीडितलाई मासिक घर भाडाको व्यवस्था मिलाउन लागिएको छ । यसका लागि चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले पहल थालेका छन् । चन्द्रागिरि नगरपालिका, नगरस्तरीय विपद् व्यवस्थापन समितिको बिहीबारको बैठकले पीडितलाई तत्काल मासिक घर भाडाको व्यवस्था गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।

नागढुङ्गामा कार दुर्घटना, ३ जना घाइते शुक्रबार, कात्तिक ३, २०८० घाइतेको सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । कार सडक किनाराबाट केही मिटर तल खसेको उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एसएसपी राजेन्द्र प्रसाद भट्टले बताए ।

दसैँमा घुमघामको गन्तव्य : इलाम शुक्रबार, कात्तिक ३, २०८० सबैभन्दा लामो बिदा हुने नेपालीहरूको मुख्य पर्व हो दसैँ । यस अवसरमा सरकारी तथा गैरसरकारी कार्यालय र संस्थाहरूले अरु बेलाभन्दा लामो बिदा दिने गर्छन् । दसैँका बेला टाढा टाढाबाट भेला भएर परिवारसँग रमाउने चलन छ । यसै अवसरमा भेला भएर विभिन्न गन्तव्यहरूको भ्रमण गर्ने चलन पनि अचेल बढेको छ ।
चाड पर्वको बेलामा सर्वसाधारणलाई दुःख, हैरानी दिई ठगी गर्ने ५ जना पक्राउ शुक्रबार, कात्तिक ३, २०८० उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुरका २५ वर्षीय सन्देश श्रेष्ठ, २८ वर्षीय रोहित लामा, महोत्तरीका २६ को अनिल बुढाथोकी , ३५ वर्षीय कमल सार्की र काठमाडौंका ३६ वर्षीय राजकुमार डंगोल छन् ।

आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको पूजा आराधना गरिँदै शुक्रबार, कात्तिक ३, २०८० दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठी अर्थात् दुर्गा पक्षको छैटौँ दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । यही परम्परा अनुसार आज घटस्थापना गरेको स्थलमा षोडशोपचारले...

थप युरोपेली मुलुकसँग श्रम सम्झौता गरिने, स्पेन, पोर्चुगल सहितका देशसँग प्रक्रिया अघि बढ्यो बिहीबार, कात्तिक २, २०८० सरकारले स्पेन सहितका विभिन्न देशसँग श्रम सम्झौता गर्ने भएको छ । त्यसका लागि श्रम, रोजगार त था सामाजिक सुरक्षा मन्त्रालयले तयारी थालेको हो । मन्त्रालयले स्पेन सहित पोर्चुगल, साइप्रस, माल्टा लगायतका देशसँग श्रम सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएको हो ।

दोलखा सुन प्रकरण : थप २ जना पक्राउ बिहीबार, कात्तिक २, २०८० दोलखामा बरामद भएको ११ किलो सुन प्रकरणमा थप २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक खड्काका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले २ जनालाई पक्राउ गरेर पठाएको बताए ।

गुल्मीमा डोजरको ठक्करबाट एक जना वृद्धको मृत्यु बिहीबार, कात्तिक २, २०८० तम्घासबाट पराल्मी जाने कच्ची सडकको टापु भन्ने स्थानमा लु१क ५०२४ नम्बरको डोजरले पैदल यात्री सुनारलाई ठक्कर दिएको थियो । प्रहरीले डोजर चालक पाल्पा जिल्ला माथागढी गाउँपालिका-७ रतवास बस्ने २९ वर्षका कृष्णबहादुर लामिछानेलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

गएराति बझाङमा ४.६ म्याग्निच्युडको भूकम्प बिहीबार, कात्तिक २, २०८० भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको छ । लगातार भूकम्प जान थालेपछि यस प्रदेशका बासिन्दा त्रसित बनेका छन् ।

नवरात्रको पाँचौँ दिन आज, स्कन्दमाताको पूजा आराधना गरिँदै बिहीबार, कात्तिक २, २०८० शारदीयनवरात्र अर्थात् बडादसैँको पाँचौँ दिन बिहीबार स्कन्दमाताको पूजा आराधना गरिँदैछ । स्कन्दमाता भगवती पार्वतीकै रूप हो। स्कन्दकुमार (कुमार) की माता भएकीले यिनको नाम स्कन्दमाता भएको पुराणहरूमा उल्लेख छ ।