News Griha :: न्यूजगृह
नागढुङ्गामा कार दुर्घटना, ३ जना घाइते

काठमाडौं— काठमाडौंबाट धादिङतर्फ जाँदै गरेको बा १५ च ९०६४ नम्बरको कार नागढुङ्गामा दुर्घटना भएको छ ।

सडकबाट कार खसेर दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । 

घाइतेको सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ । कार सडक किनाराबाट केही मिटर तल खसेको उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एसएसपी राजेन्द्र प्रसाद भट्टले बताए । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  ०८:४०
Weather Update