चाड पर्वको बेलामा सर्वसाधारणलाई दुःख, हैरानी दिई ठगी गर्ने ५ जना पक्राउ
काठमाडौं— चाड पर्वको बेलामा सर्वसाधारणहरूलाई दुःख, हैरानी दिई ठगी गर्ने कार्यमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुरका २५ वर्षीय सन्देश श्रेष्ठ, २८ वर्षीय रोहित लामा, महोत्तरीका २६ को अनिल बुढाथोकी , ३५ वर्षीय कमल सार्की र काठमाडौंका ३६ वर्षीय राजकुमार डंगोल छन् ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८० ०७:३५