News Griha :: न्यूजगृह
दसैँमा घुमघामको गन्तव्य : इलाम 

काठमाडौं— सबैभन्दा लामो बिदा हुने नेपालीहरूको मुख्य पर्व हो दसैँ । यस अवसरमा सरकारी तथा गैरसरकारी कार्यालय र संस्थाहरूले अरु बेलाभन्दा लामो बिदा दिने गर्छन् । दसैँका बेला टाढा टाढाबाट भेला भएर परिवारसँग रमाउने चलन छ । यसै अवसरमा भेला भएर विभिन्न गन्तव्यहरूको भ्रमण गर्ने चलन पनि अचेल बढेको छ ।

Ilam-sunrise-1697768910.jpg

पूर्वमा घुम्नका लागि धेरै आकर्षक स्थानहरू छन् । पर्यटकीय, धार्मिक स्थलले भरिपूर्ण पूर्वमा भ्रमणका लागि पुग्नैपर्ने ठाउँमध्येको हो इलाम । उन्नत कृषि कर्म, विभिन्न जाति, जनजातिहरूको मिश्रित बसोबास, भारतको दार्जिलिङसँगको सीमावर्ती इलाममा धेरै पर्यटकीय स्थलहरू छन् ।

Ilam-sunrise-1032-1697768808.jpg

सबैभन्दा उचाइमा रहेको सन्दकपुर हिमशृङ्खला र सूर्योदयका साथै पहाडी र तराईका फाँटहरू अवलोकन गर्ने उत्कृष्ट गन्तव्य मानिन्छ । इलामकै श्रीअन्तु, कालपोखरी, माइपोखरी, इलाम र कन्याम चिया बगान, सिद्धीथुम्का, पाथिभरा, गजुरमुखी, माइस्थान, सतीदेवी जस्ता थुप्रै धार्मिक एवं पर्यटकीय स्थलहरू घुम्नका लागि प्रसिद्ध स्थान हुन् ।

Ilam-10-1697768925.jpgचियाको उद्गम थलो मानिने इलाम दूध, अलैँची, अम्रिसो, अदुवाजस्ता नगदे बालीका लागि पनि प्रसिद्ध जिल्ला हो । सूर्योदय अवलोकन गर्न आकर्षक मानिने अन्तु डाँडामा पछिल्लो समय आन्तरिक एवं वाह्य पर्यटकहरूको घुइँचो लाग्ने गरेको छ । 

Ilam-antu-1697768931.jpgत्यहाँ 'होम स्टे'को सुविधा छ भने अचेल थुप्रै होटल र रिसोर्टहरू पनि खुलेका छन् ।यो दसैँको बिदामा घुम्न जाने योजना  बनाएकाहरूले इलामलाई गन्तव्य बनाउन सक्छन् । पूर्वपश्चिम राजमार्गको झापा, चारआलीबाट उत्तर लाग्ने मेची राजमार्ग हुँदै इलाम जान सकिन्छ ।

Ilam-101-1697768915.jpg

Ilam-himal-1697768910.jpg

Ilam-mandir-1697768890.jpg

illam-himal-2-1697768864.jpg

Ilam-102-1697768816.jpg

Ilam-103-1697768809.jpg

 

 

Ilam-105-1697768808.jpg

प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०८०  ०८:१६
Weather Update