News Griha :: न्यूजगृह
बागलुङमा ग्याङ फाइट, ६ घाइते, ३ पक्राउ

काठमाडौं— बागलुङमा दुई समूहबीच झडप हुँदा ६ युवा घाइते भएका छन् । जैमिनी नगरपालिका-२ पौखराचौरमा भएको खेलकुद तथा सांस्कृतिक कार्यक्रममा वडा नम्बर २ र ९ का युवाबीच सोमबार बेलुका झगडा र कुटपिट भएको हो ।

 झडपमा डबल राना, महेन्द्र थापा, दीपु राना, दीपु थापा, विष्णु थापा र सुनिल परियार घाइते भएको बागलुङ प्रहरीका सूचना अधिकारी डीएसपी मदन केसीले जानकारी दिए । विष्णु र सुनिल उपचारपछि डिस्चार्ज भएको र अन्य ४ घाइतेलाई थप उपचारका लागी पोखराको मणिपाल अस्पतालमा रेफर गरिएको छ ।

प्रहरी मंगलबार बिहान घटनामा संलग्न रहेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । वडा नम्बर २ का सुनिल परियार, कलबहादुर थापा र अनिल परियारलाई पक्राउ गरिएको डीएसपी केसीले बताए । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ७, २०८०  ०७:२७
Weather Update