दोलखाको ११ किलो सुन प्रकरणमा थप एक पक्राउबिहीबार, कात्तिक २३, २०८०

भोजपुरमा वडा कार्यालय तोडफोड बुधबार, कात्तिक २२, २०८० गएराति कार्यालयको मुख्य गेटको ताला फुटाएर कार्यालयभित्रको सामग्री तोडफोड भएको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए । कार्यालयभित्र रहेको प्रिन्टर, इन्भर्टर, दराजसँगै झ्याल लगायत सामग्रीमा फुटाएको उनको भनाइ छ ।

स्रोत नखुलेको २६ लाखसहित दुई जना पक्राउ बुधबार, कात्तिक २२, २०८० पक्राउ पर्नेमा बर्दिया गेरूवा गाउँपालिका–२ घर भई हाल काठमाडौं जडिबुटी बस्ने २८ वर्षीय पुष्प सोडारी र काठमाडौं महानगरपालिका–१० बिजुलीबजार बस्ने ३९ वर्षीय अभिषेक अग्रवाल छन् ।

बिनाअनुमति उपल्लो मुस्ताङ पुगेका ६ भारतीय प्रहरीको नियन्त्रणमा बुधबार, कात्तिक २२, २०८० ‘उहाँहरूसँग अनुमति पत्र रहेनछ । सशस्त्रले नियन्त्रणमा लिएर हाम्रो जिम्मा लगायो, हामीले पोखरा फर्काइयौँ,’ उनले भने । अध्यागमनबाट भ्रमण अनुमति लिएर मात्रै त्यहाँ जान पाइन्छ ।

पोल्याण्ड पठाइदिन्छु भन्दै ३८ लाख रुपैयाँ ठगी गर्ने महिला पक्राउ बुधबार, कात्तिक २२, २०८० पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–१० घर भई काठमाडौं नागार्जुन नगरपालिका– ६ रामकोट बस्ने ३९ वर्षीय सुनिता कर्माचार्य रहेकी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पक्राउ गरेको हो ।

पहाडी भूभागमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना बुधबार, कात्तिक २२, २०८० बुधबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

तुइनबाट खसेर बेपत्ता मकर मृत फेला मंगलबार, कात्तिक २१, २०८० सर्केगार्ड गाउँपालिका-२ ल्याप्चेस्थित कर्णाली नदीमा सोही ठाउँस्थित कर्णाली करिडोरमा मजदुरी काम गर्ने मुगुको सोरु गाउँपालिका-५ नेर घर भएका ३८ वर्षीय मकर सिंह नेपाली सोमबार मृत अवस्थामा फेला परेका हुन् ।

ढोरपाटनमा ट्याक्सी दुर्घटना, दुई जनाको मृत्यु मंगलबार, कात्तिक २१, २०८० ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध१ज ९९४ नम्बरको ट्याक्सी गए राति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भएको हो ।

पहाडमा बदली र वर्षा, हिमालमा हिमपात मंगलबार, कात्तिक २१, २०८० विभागका अनुसार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

काठमाडौंको तापक्रम घट्दै, सतर्क रहन आग्रह सोमबार, कात्तिक २०, २०८० आइतबार काठमाडौंको तापक्रम १०.८ डिग्री सेल्सियस थियो । यो वर्ष हालसम्म सबैभन्दा कम काठमाडौंको तापक्रम १० डिग्री सेल्सियससम्म पुगेको छ । अक्टोबर २२, २३ र २४ मा काठमाडौंको तापक्रम १० डिग्री सेल्सियस थियो । त्यसयता भने काठमाडौंको तापक्रम १० डिग्री सेल्सियस भन्दा माथि नै छ ।

जुम्लामा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु आइतबार, कात्तिक १९, २०८० मृत्यु हुनेमा हिमा –१ का अटोचालक ४५ वर्षीय पदम शाही र सोही वडाका ४२ वर्षीय बली रोकाया रहेका जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दले जानकारी दिए।

मुगु सामूहिक हत्या प्रकरण : प्रहरीले हत्यारा पत्ता लगाउन सकेन, अनुसन्धानको जिम्मा सीआईबीलाई आइतबार, कात्तिक १९, २०८० मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं ६ मन्दु गाउँमा वंश नै नास हुने गरी भएको सामूहिक हत्या प्रकरणको अनुसन्धान केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सुरु गरेको छ ।

डोटीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ६ जना घाइते आइतबार, कात्तिक १९, २०८० दुर्घटनामा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी निशान्त श्रीवास्तवले जानकारी दिए । उनका अनुसार ८ महिनाको बच्चासहित तीन जनाको शव फेला परेको छ भने एक जनाको शव भेटिएको छैन। जीप खोलामा रहेको र उद्धारमा कठिनाइ भएको उनले बताए ।