News Griha :: न्यूजगृह
जाडो बढेसँगै लिमी सीमा प्रहरी चौकी सिमकोट स्थान्तरण
जाडो बढेसँगै लिमी सीमा प्रहरी चौकी सिमकोट स्थान्तरण गत जेठ दोस्रो हप्ता लिमी पुगेका प्रहरी हाल सिमकोट झरेका छन् ।
छठ पर्व सुरु, आज नयहाय खाय
छठ पर्व सुरु, आज नयहाय खाय चार दिनसम्म नियम र निष्ठापूर्वक मनाइने छठको पहिलो दिन आज नहाय खाय हो । ब्रतालुले आज स्नान गरी अरबा अरबाईन भोजन गर्ने गर्दछन् । परिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठपर्वको दोस्रो दिन भोलि शनिबार व्रतालुले प्रसादको रुपमा चामल, सक्खर र दूध मिसाएर बनाएको खीर खान्छन् ।...
श्रीमतीको  हत्या आरोपमा श्रीमान् पक्राउ
श्रीमतीको  हत्या आरोपमा श्रीमान् पक्राउ श्रीमतीको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । मङ्गलसेन नगपालिका–३ लाछिमनाकी ४० वर्षीया उर्मिला बिष्ट भण्डारीको हत्या आरोपमा श्रीमान् शेरबहादुर भण्डारी पक्राउ परेका हुन् ।
भैँसीसित मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु 
भैँसीसित मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु  कमल गाउँपालिका–३ सहिदगेट नजिक को२१प ७७ नम्बरको मोटरसाइकल बुधबार भैँसीसँग ठोक्किएको थियो । उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिका–४ का ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु भएको छ । तीव्रगतिको मोटरसाइकल अनियन्त्रित हुँदा भैँसीसँग ठोक्किन पुगेको थियो ।
अछाममा टेम्पो दुर्घटना, दुईजनाको मृत्युु, चार घाइते
अछाममा टेम्पो दुर्घटना, दुईजनाको मृत्युु, चार घाइते कमलबजारबाट दैलेखतर्फ जाँदै गरेको सुपप्र०१००१ह ५५४५ नम्बरको टेम्पो गएराति मध्यपहाडी राजमार्गअन्तर्गत टोट्केसालमा दुर्घटना भएको हो ।
प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते 
प्रहरीले चलाएको गोली लागेर दुई जना घाइते  उनीहरूमाथि तीन राउन्ड गोली प्रहार गरेर पुनः पक्राउ गरिएको डीएसपी गिरीले बताए । शक्तिको साथबाट १ थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने ४ राउन्ड गोली समेत बरामद भएको प्रहरीको दाबी छ ।  
बैतडीमा दुईजना मृत फेला
बैतडीमा दुईजना मृत फेला बैतडीमा मंगलबार दुईजना मृत फेला परेका छन् । मेलौली नगरपालिका–७ ओझागाउँका अन्दाजी ३८ वर्षीय लोकेन्द्र ओझा र डिलाशैनी गाउँपालिका–७ का ५० वर्षीय नरेन्द्रबहादुर ऐर मृत फेला परेका हुन् ।  
जुवातास खेलिरहेको अवस्थामा ९० जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ९० जना पक्राउ जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट प्रहरीले ९० जनालाई पक्राउ गरेको छ ।  प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौंबाट १७ जना, कञ्चनपुरबाट ४२ जना, सिन्धुलीबाट ४ जना, डडेलधुराबाट १३ जना, दार्चुलाबाट ७ जना र सङ्खुवासभाबाट ७ जना गरी जम्मा ९० जना पक्राउ परेका हुन् । 
 विभिन्न जिल्लाबाट ६५ जना जुवाडे पक्राउ 
 विभिन्न जिल्लाबाट ६५ जना जुवाडे पक्राउ  काठमाडौं प्रहरीका अनुसार नागार्जुन नगरपालिका-३ एकधारा बस्ने केशव अधिकारीको घरमा कौडा खेलिरहेका ४० वर्षीय श्यामबाबु तामाङसमेत २२ जनालाई आइतबार राति पक्राउ गरिएको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई ४ लाख ९२ हजार ५ सय ५० रूपैयाँ र कौडा १६ थानसहित पक्राउ गरेको हो ।
आज गाई पूजा गरिँदै
आज गाई पूजा गरिँदै कात्तिक शुक्ल प्रतिपदा एवम् यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।
नवलपरासी दुर्घटनामा मृतक संख्या ७ पुग्यो
नवलपरासी दुर्घटनामा मृतक संख्या ७ पुग्यो नवलपरासी पूर्वको देवचुली नगरपालिका–९ मा जीप दुर्घटनामा परी गम्भीर घाइते भएका एकजनाको पनि मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते मध्यविन्दु नगरपालिका–२ का चिरन अर्यालको उपचारका क्रममा मृत्यु भएको हो ।
Weather Update