News Griha :: न्यूजगृह
राष्ट्रिय झण्डा च्यात्न खोज्ने ११ जना पक्राउ
राष्ट्रिय झण्डा च्यात्न खोज्ने ११ जना पक्राउ प्रहरीले राष्ट्रिय झण्डा चोरेर च्यात्न खोज्ने ११ जनालाई पक्राउ गरी कारबाही अघि बढाएको छ । पर्सागढी नगरपालिका–९ स्थित सिङ्गे पुलमा राखिएको राष्ट्रिय झण्डा चोरेर च्यात्ने प्रयास गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का हिमपातको सम्भावना
कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का हिमपातको सम्भावना हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।
सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदै
सूर्यको पूजा आराधना गरी आज छठ पर्व मनाइँदै छठका लागि तराईका नदी, खोला, पोखरी  सिँगारिएका छन् । काठमाडौंको गुहेश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था गरिएको छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ ।
हत्यामा संलग्न रहेको अभियोगमा सौतेनी आमासहित तीन जना पक्राउ 
हत्यामा संलग्न रहेको अभियोगमा सौतेनी आमासहित तीन जना पक्राउ  हरिवन नगरपालिका ११ बालगंगा बस्ने १७ वर्षीया तबसुन खातुनको हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मृतककी सौतेनी आमा ४५ वर्षीया सकिना खातुन, मृतकको मामा ५५ वर्षीय शेख जिलानी र शेख जिलानीको छोरा २४ वर्षीय शेख असजद छन् ।
लप्सीफेदी अपडेट : प्रहरीमाथि आक्रमण गर्ने १४ जना पक्राउ
लप्सीफेदी अपडेट : प्रहरीमाथि आक्रमण गर्ने १४ जना पक्राउ शुक्रबार राति चार जना र आज बिहान १० जना गरी १४ जनालाई प्रहरीले पक्राउ गरेको हो । आज बिहान पक्राउ पर्नेमा तामाकोशी हाइड्रोपावर पीडित संघर्ष समितिका अध्यक्ष रञ्जित तामाङसहित १० जना पक्राउ परेका छन् । शुक्रबार राति जयमान वाइवा, सूर्यमान तामाङ, सुनबहादुर वाइवा र हर्कमान वाइवा पक्राउ परेका थिए ।
लप्सीफेदीमा सुरक्षाकर्मीमाथि आक्रमण, सशस्त्र प्रहरीका डीएसपीसहित ३ जना घाइते, ४ पक्राउ
लप्सीफेदीमा सुरक्षाकर्मीमाथि आक्रमण, सशस्त्र प्रहरीका डीएसपीसहित ३ जना घाइते, ४ पक्राउ स्थानीयले ढुंगामुढा गर्दा डीएसपी देवराज राईसहित तीनजना सुरक्षाकर्मी घाइते भएका छन् । प्रहरीले स्थानीय जयमान वाइवा, सूर्यमान तामाङ, सुनबहादुर वाइवा, हर्कमान वाइवासहित चार जनालाई पक्राउ गरेको छ ।
धनगढीमा आगलागी, सारथी अस्पतालसहित ८ वटा पसलमा क्षति
धनगढीमा आगलागी, सारथी अस्पतालसहित ८ वटा पसलमा क्षति स्थानीय दलबहादुर भण्डारीले सञ्चालन गरेको सुज सेन्टरमा एक्कासि विद्युत सर्ट भएर आगलागी भएको एसपी पालले बताए । उनका अनुसार चार वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयसहित नेपाली सेनाको तेघरी ब्यारेक र सशस्त्र प्रहरीको नम्बर ३४ गणको टोलीसमेत परिचालन गरिएको थियो ।
यी तीन प्रदेशमा हिमपातको सम्भावना
यी तीन प्रदेशमा हिमपातको सम्भावना जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागको मौसम सामान्यतया सफा छ । विभागका अनुसार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।
कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु
कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु धनगढीबाट अत्तरियातर्फ आइरहेको मप्र ०३०१ख९६५० नम्बरको ट्रकको ठक्करबाट डोटीको शिखर नगरपालिका-२ बस्ने ६० वर्षीय भगवती रोस्याराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
माओवादी नेता बर्तौलामाथि खुकुरी प्रहार गर्ने तीन जना पक्राउ 
माओवादी नेता बर्तौलामाथि खुकुरी प्रहार गर्ने तीन जना पक्राउ  नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सदस्य जनक बर्तौलामाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुङ्गेलका अनुसार ज्यान मार्ने उद्योग कसुरमा इलामको पशुपतिनगर क्षेत्रबाट तीन जनालाई पक्राउ गरेको हो । 
नक्कली नोटसहित २ पक्राउ 
नक्कली नोटसहित २ पक्राउ  पक्राउ परेका दुबै जनामाथि खोटा चलनसम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कुमारविक्रम थापाले जानकारी दिए ।
Weather Update