News Griha :: न्यूजगृह
यी तीन प्रदेशमा हिमपातको सम्भावना

काठमाडौं— देशका केही भूभागमा शनिबार हिमपातको सम्भावना छ । पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा केही प्रदेशका थोरै स्थानमा हिमपातको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भूभागमा आंशिक बदली रहेको छ । बाँकी भूभागको मौसम सामान्यतया सफा छ । विभागका अनुसार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । विभागले राति पहाडी भूभागमा आंशिक बदली रहने बताएको छ । बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।

बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ । 
 

प्रकाशित मिति: शनिबार, मंसिर २, २०८०  ०७:०९
Weather Update